Archive for April, 2016

उत्तर कोरियाको मिसाइल परीक्षणको जवाफ चाँडै दिने

लालबन्दी, १७ बैशाख – उत्तर कोरियाको मिसाइल परीक्षणको जवाफ चाँडै दिने तयारी भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्र संघको आग्रहलाई वेवास्ता गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई चेतावनी दिँदै भनेको छ, ‘राष्ट्रसंघ उत्तर कोरियाको मिसाइल परीक्षणको जवाफ दिने अन्तिम तयारीमा छ ।’ उत्तर कोरियाले गरेको मिसाईल परीक्षण शान्ति भंग गर्ने हिंसात्मक गतिविधि भन्दै यसो नगर्न राष्ट्रसंघले पटक पटक आग्रह गर्दै आएको[Read More…]

रसिया पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ

लालबन्दी, १७ बैशाख – रोजगारीका लागि रसिया पठाइदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्रेको छ । मकवानपुरको हेटौंडा नगरपालिका ११ का विजय थापालाई प्रहरी अपराध महाशाखाले गौशलाबाट पक्रेको हो । २२ वर्षका विजयले अर्घाखाँचीका सुन्धी खर्क नगरपालिका ४ का २७ वर्षका विष्णुबहादुर बस्नेत लगायत चार जनाबाट पाँच लाखका दरले मागेको र रसिया लैजाने तयारि गरेको पीडितको सूचनाका आधारमा प्रहरीले पक्रिएको हो[Read More…]

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अहिलेको

लालबन्दी, १७ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अहिलेको अवस्थामा दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन एवं संविधान कार्यान्वयनको चुनौती सामना गर्न पनि दलहरु एक ठाउँ उभिन आवश्यक रहेको बताए । उनले मधेसी मोर्चासँग सरकार वार्ता र संवादबाट समस्या समाधान गर्न तयार रहेको[Read More…]

अन्तर पार्टी महिला सञ्जालको राजदूत नियुक्तिका लागि सिफारिस सच्याउन माग

लालबन्दी, १७ बैशाख – अन्तर पार्टी महिला सञ्जालले संविधानको मर्म र भावन विपरित सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेको छ  आज रिपोर्टस क्लबमा भएको कार्यक्रममा सञ्जालले भर्खरै जारी भएको संविधानको मौलिक हकको धारा ३८ को उपधार ४ मा रहेको राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशि सिद्धान्तको आधारमा सहभागी हुने हक हुने छ भन्ने ब्यवस्थाको विपरित[Read More…]

सुख्खा बन्दरगाहको विषयलाई लिएर नाका बन्द गर्दै हिँड्ने चार जना पक्राउ

लालबन्दी, १७ बैशाख – रसुवाको टिमुरेमा निर्माण हुन लागेका सुख्खा बन्दरगाहको विषयलाई लिएर नाका बन्द गर्दै हिँड्ने चार जना पक्राउ परेका छन् ।  सरकारी जग्गाको उचित उपयोग गर्नुको साटो व्यक्तिगत जग्गा अधिकरण गरेर विस्थापित गर्न खोजेको भन्दै आज देखि स्थानीय बासिन्दाले अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । बन्दका कारण चीनबाट नेपाल भित्रने तथा चीन प्रवेश गर्ने सवारी साधन चल्न सकेका छैनन्[Read More…]

नवलपुर चोकमा अचानक मृत्यु भएका एक व्यक्तिको सनाखत

लालबन्दी, १७ बैशाख – पूर्वस्चिम लोकमार्ग सडक खण्डको नवलपुर चोकमा अचानक मृत्यु भएका एक व्यक्तिको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयस्थित अपराध अनुसंन्धान कक्षका अनुसार, पैन्ट, सर्ट पहिरिएका पछाडी पिठ्युमा झोला भिरेका व्यक्ति रानीगंज गाविस वडा नम्बर ५ का विन्देश्वर पंण्डीतको २७ वर्षिय छोरा खेहरु पंण्डित भएको खुलेको छ । पंण्डित हिजो विहान करिव ८ वजे आफ्नो गन्तव्यमा जान सार्वजनिक[Read More…]

गौरीशंकर गाविसमा गर्भवती महिलाको खोजपडताल कार्यक्रम सम्पन्न

लालबन्दी, १७ बैशाख – जिल्ला स्वास्थ्य कार्यालय, सर्लाहीले आयोजना गरेको गौरीशंकर गाविसमा गर्भवती महिलाको खोजपडताल कार्यक्रम आज सम्पन्न भएको छ । खोज पडताल कार्यक्रम भोलीपनि संचालन हुने वताईएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत लक्ष्मी श्रेष्ठले गौरीशंकर गाविसलाई असार मसान्तभित्र सुरक्षित प्रसुती सेवा लिने गाविस घोषणा गर्न गर्भवती महिलाको खोजपडताल कार्यक्रमको आयोजना गरेको वताईन् । उनले गतवर्ष दुई सय ८० जना[Read More…]

सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सर्लाहीद्वारा जिल्लाको दुई गाविसमा अनुगमन

लालबन्दी, १७ बैशाख – सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सर्लाहीले आज जिल्लाको दुई गाविसमा अनुगमन तथा निरिक्षण कार्यक्रमको आयोजना गरेको छ । केन्द्रका सामाजिक परिचालक अर्जुन विश्वकर्माले चुरेपर्वतीय क्षेत्रको कालिन्जोर र दक्षिणी क्षेत्रमा पर्ने गौरीशंकर गाविसको अनुगमन तथा निरिक्षण गरिएको वताए । उनले वैदेशिक रोजगारीमा जाने मनस्थिति वनाएका युवाहरु र वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारलाई केन्द्रले दिएको परामर्शको पत्रकार, सरकारी[Read More…]

नेपाली सेनाको रिपुमर्दन गण, पाँचकुमारीले आयोजना गरेको निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

लालबन्दी, १७ बैशाख – नेपाली सेनाको रिपुमर्दन गण, पाँचकुमारीले आयोजना गरेको निःशुल्क स्वास्थ्य परिक्षण शिविर आज सम्पन्न भएको छ । गणपती अन्जनकुमार खत्रीले निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा तीन सय ६५ जना सेवाग्राहीले रोग निदानका लागि स्वास्थ्य परिक्षण गराएको वताए । उनले पाँचकुमारी वस्ती निकटवर्ती क्षेत्रका स्थानियवासीलाई स्वास्थ्य सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी दिए । नेत्रगंजगाविसको पाँचकुमारी वस्ती[Read More…]

सुख्खा मौसम र प्रचण्ड गर्मीका कारण भटाभट माछा मर्न थाल्यो

लालबन्दी, १७ बैशाख – सुख्खा मौसम र प्रचण्ड गर्मीका कारण मानव जातीलाई मात्र सकस भएको होईन, जलचर प्राणीलाई पनि ठूलो संकट निम्तिएको छ । रापिलो घामका कारण पोखरीको पानी तात्तिने गरेकाले जलचर प्राणीको सूचीमा पर्ने माछा मर्न थालेको छ । सदरमुकाम मलंगवादेखि ३ किलोमिटर उत्तरमा पर्ने गम्हरिया गाविस वडा नम्बर १ का परमेश्वर पासवानले पालन गरेको माछा मरेको हो । रापिलो[Read More…]