लालबन्दी, १७ बैशाख – अन्तर पार्टी महिला सञ्जालले संविधानको मर्म र भावन विपरित सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेको छ  आज रिपोर्टस क्लबमा भएको कार्यक्रममा सञ्जालले भर्खरै जारी भएको संविधानको मौलिक हकको धारा ३८ को उपधार ४ मा रहेको राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशि सिद्धान्तको आधारमा सहभागी हुने हक हुने छ भन्ने ब्यवस्थाको विपरित २१ जनामा १४ दशमलव २१ प्रतिशत मात्रै हुने गरी ३ जना महिलालाई सिफारिस गरेको भन्दै यस्तो संविधान विपरितको निर्णय तत्काल सच्याउन सरकारलाई चेतावनी दिएको हो ।  सञ्जालले संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै संविधान प्रदत्त अधिकारको उल्लंघन हुँदा यसले दुष्परिणाम ल्याउने चेतावनी दिँदै संविधान अनुसार महिलाको एक तिहाई प्रतिनिधित्व हुने गरी पुनः राजदूतको नाम सिफारिस गर्न माग गरेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*