लालबन्दी, १७ बैशाख – जिल्ला स्वास्थ्य कार्यालय, सर्लाहीले आयोजना गरेको गौरीशंकर गाविसमा गर्भवती महिलाको खोजपडताल कार्यक्रम आज सम्पन्न भएको छ । खोज पडताल कार्यक्रम भोलीपनि संचालन हुने वताईएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत लक्ष्मी श्रेष्ठले गौरीशंकर गाविसलाई असार मसान्तभित्र सुरक्षित प्रसुती सेवा लिने गाविस घोषणा गर्न गर्भवती महिलाको खोजपडताल कार्यक्रमको आयोजना गरेको वताईन् । उनले गतवर्ष दुई सय ८० जना गर्भवती महिलामध्ये दुई सय ४० जना स्थानिय स्वास्थ्य केन्द्रमार्फत प्रसुती सेवा लिएका र बाँकी ४० महिलाहरुलाई उनीहरुका परिवारका सदस्यहरुले घरमै असुरक्षित प्रसुती गराएको आशंका रहेको वताईन् । जिल्ला स्वास्थ्य कार्यालयद्धारा खटिएका चार वटा समूहमा बाँडिएका स्वास्थ्यकर्मीहरुले गौरीशंकर गाविसको १ देखि ९ नम्बर वडाहरुको घरदैलो गरिहेको वताईएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*