लालबन्दी, १७ बैशाख – नेपाली सेनाको रिपुमर्दन गण, पाँचकुमारीले आयोजना गरेको निःशुल्क स्वास्थ्य परिक्षण शिविर आज सम्पन्न भएको छ । गणपती अन्जनकुमार खत्रीले निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा तीन सय ६५ जना सेवाग्राहीले रोग निदानका लागि स्वास्थ्य परिक्षण गराएको वताए । उनले पाँचकुमारी वस्ती निकटवर्ती क्षेत्रका स्थानियवासीलाई स्वास्थ्य सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी दिए । नेत्रगंजगाविसको पाँचकुमारी वस्ती निकटवर्ती हरिपुर, फरहदवा गाविससम्मका सेवाग्रहीहरु रोग निदानका लागि शिविर स्थलमा आएका थिए । शिविरमा नेपाली सेनाका डाक्टर पुनम यादवको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीले शिविरमा आएका सेवाग्राहीको स्वास्थ्य परिक्षण गरिरहेको वताईएको छ । शिविरमा ५० भन्दा वढी प्रकारका औषधीहरु निःशुल्क रुपमा वितरण गरिएको छ । हिजो चुरेपर्वतीय क्षेत्रको मोहनपुर वस्तीमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय ८० जनाको स्वास्थ्य परिक्षण गरि रोग निदानका लागि औषधी वितरण गरिएको नेपाली सेनाको रिपुमर्दन गण, पाँचकुमारीले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*