लालबन्दी, १७ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अहिलेको अवस्थामा दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन एवं संविधान कार्यान्वयनको चुनौती सामना गर्न पनि दलहरु एक ठाउँ उभिन आवश्यक रहेको बताए । उनले मधेसी मोर्चासँग सरकार वार्ता र संवादबाट समस्या समाधान गर्न तयार रहेको जनाए । प्रधानमन्त्री ओलीले सरकारले जनताले सम्झनालायक बजेट ल्याउने तयारी गरिरहेको पनि बताएका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*