लालबन्दी, १७ बैशाख – रोजगारीका लागि रसिया पठाइदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्रेको छ । मकवानपुरको हेटौंडा नगरपालिका ११ का विजय थापालाई प्रहरी अपराध महाशाखाले गौशलाबाट पक्रेको हो । २२ वर्षका विजयले अर्घाखाँचीका सुन्धी खर्क नगरपालिका ४ का २७ वर्षका विष्णुबहादुर बस्नेत लगायत चार जनाबाट पाँच लाखका दरले मागेको र रसिया लैजाने तयारि गरेको पीडितको सूचनाका आधारमा प्रहरीले पक्रिएको हो । विजयको साथबाट विभिन्न नक्कली भिषा, पीडितका चार वटा राहदानी लगायत कागजात समेत बरामत गरिएको छ । विजयलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*