लालबन्दी, १७ बैशाख – रसुवाको टिमुरेमा निर्माण हुन लागेका सुख्खा बन्दरगाहको विषयलाई लिएर नाका बन्द गर्दै हिँड्ने चार जना पक्राउ परेका छन् ।  सरकारी जग्गाको उचित उपयोग गर्नुको साटो व्यक्तिगत जग्गा अधिकरण गरेर विस्थापित गर्न खोजेको भन्दै आज देखि स्थानीय बासिन्दाले अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । बन्दका कारण चीनबाट नेपाल भित्रने तथा चीन प्रवेश गर्ने सवारी साधन चल्न सकेका छैनन् । स्थानीय बासिन्दाले सडकमा ढुङ्गा थुपारेर सडक अवरोध गरेका छन् । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन । बाटो खुलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताउनुभएको छ । सुरक्षालाई ध्यानमा राखेर उच्च सुरक्षा अपनाइएको प्रहरी नायव उपरिक्षक अवदेश विष्टले बताउनुभयो । विष्टका अनुसार पक्राउ परेकालाई सार्वजनिक अपराध अन्तर्गत कारवाही गरिने छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*