लालबन्दी, १७ बैशाख – सुख्खा मौसम र प्रचण्ड गर्मीका कारण मानव जातीलाई मात्र सकस भएको होईन, जलचर प्राणीलाई पनि ठूलो संकट निम्तिएको छ । रापिलो घामका कारण पोखरीको पानी तात्तिने गरेकाले जलचर प्राणीको सूचीमा पर्ने माछा मर्न थालेको छ । सदरमुकाम मलंगवादेखि ३ किलोमिटर उत्तरमा पर्ने गम्हरिया गाविस वडा नम्बर १ का परमेश्वर पासवानले पालन गरेको माछा मरेको हो । रापिलो घामका कारण पानी तात्तिएकाले माछा मरेको परमेश्वरले आशंका गरेका छन् । उनको गम्हरियास्थित पाँच कठ्ठा क्षेत्रफलमा रहेको पोखरीमा पालन गरिएको एक लाख रुपैयाँबराबरको सात क्विन्टल माछा मरेको हो । जिल्ला कृषि विकास कार्यालय, मलंगवाका बरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीले माछालाई बाच्न चाहिने तापक्रम बृद्धी भएकाले माछा मर्न थालेको वताए । उनले पानीलाई माछा मैत्री वनाउन पोखरीको पानी चिस्याई पानीमा अक्सिजनको मात्रा वढाए माछालाई हानी नपुग्ने जानकारी दिए ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*