लालबन्दी, १७ बैशाख – सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सर्लाहीले आज जिल्लाको दुई गाविसमा अनुगमन तथा निरिक्षण कार्यक्रमको आयोजना गरेको छ । केन्द्रका सामाजिक परिचालक अर्जुन विश्वकर्माले चुरेपर्वतीय क्षेत्रको कालिन्जोर र दक्षिणी क्षेत्रमा पर्ने गौरीशंकर गाविसको अनुगमन तथा निरिक्षण गरिएको वताए । उनले वैदेशिक रोजगारीमा जाने मनस्थिति वनाएका युवाहरु र वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारलाई केन्द्रले दिएको परामर्शको पत्रकार, सरकारी अधिकारी तथा संघसंस्थामा आवद्ध प्रतिनिधिहरुले अनुगमन तथा निरिक्षण गरेको वताईएको छ । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सर्लाहीले जिल्लाको १० वटा गाविसमा परामर्शसम्बन्धि कार्यक्रम चलाई रहेको सामाजिक परिचालक अर्जुन विश्वकर्माले जानकारी दिएका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*