लालबन्दी, ज्येष्ठ ११ – सर्लाहीमा वेला बखतमा अत्यन्तै प्रतिभाशालि व्यक्तिको प्रतिभा देखिदै आउनु नौलो भने होइन । नौलो नहुदा नहुदै पनि अच्चमित भने पक्कै बनाउछ । यस्तै त्रिष्ण बुद्दि र दिमाखका एक हुन् हरिपुरर्वा(६, सर्लाही घर भइ हाल मलंगवा बस्ने बिपिन शाह । एस.एल.सी फेल शाह आफ्नै ऋण धन गरेर खोलेको जयमा बिशोकर्मा जेनरल वोर्क सप काम गर्छन । आफैं ले कसरि जानियो तर काम गरिन्छ भन्ने विपिनले अनौठा अनौठा काम गर्ने गरेको जानकारी पाएपछि स्थलगत अध्यनको लागि उनको कार्यथलो पुग्दा आफ्नै तरिकाले निर्माण गरेको उखु रोप्ने मेशिन, घास काट्ने मेशिन र १० वटा गेयर भएको ५ कुइन्टल क्षमताको गाडी निर्माण गरेको देख्दा उनीमाथिको बिश्वाश अझै बढ्न गएको छ । सानै छदा पढ्न भन्दा बढी खेलौला अविस्करमा लागिपर्ने विपिनले भने “ पहिले घरमा खुब ठगियो कापीको सट्टा कवाडी किन्ने काम गरियो के पास हुनु एस.एल.सी, अहिले गरेको काम हेर्दै कति पढेको छस? कसरि जनीस? आफैंले बनेको हो त भनेर सोध्दा दिक्दार हुन्छु, तर राम्रै भैराखेको छ जे काम गर्छु भनेको भैहाल्छ कसरि हुन्छ म आफैं कन्फ्यिुज हुन्छु“ धर्मकर्मको लागि मन्दिर नजाने बिपिन बिशोकर्मा को सम्मान धेरै गर्छन, उनले तयार गरेका सामाग्रीहरु बहुउपयोगी पनि छन, यस्ताको सहि ब्यबस्थापन गर्न नसक्दा युवा बिदेशिनुपरेको संकेत गर्दै सहयोगी सरकार भए पो हाम्रो जस्तो उध्मले बढ्ने अवसर पाउनु .. न मेकानिकल इन्जिनियर न त् कुनै औपचारिक पढाई तरपनि चमत्कारी पूर्ण काम गर्ने विपिनको वोर्क सपमा सिमावर्ती भारत सीतामढी देखिका ग्राहकले जटिल मेकानिकल समस्या लिएर आउने गरेका छन, आफ्नै इन्जिनिय रिंग मा निर्माण भएको एउटा गाडी उनले १लाख ५० हजारमा बेचिसकेका छन् यधपी त्यस्ता गाडी को बैज्ञानिक परिक्षन, नियमन कसरि गर्ने विषय जटिल रहेको वोर्क्सप मा भेटिएका रामबाबु साह को भनाइ थियो यस्ता सम्भावना बोकेका युवाको सम्बर्दन गर्न सके गाउ गाउमा बैज्ञानिक जन्मिने आम नागरिकको, बुझाई रहेको छ ।
Xiongsen-Bear-and-Tiger-Park

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*