लालबन्दी, बैशाख ३१ – किसानलाई उखु प्रवद्र्धनका लागि दिईने रकमको रकम जिल्लास्थित विभिन्न बैंकले किसानको व्यक्तिगत खातामा पोष्टिङ गर्ने कार्यलाई आज पनि तिब्रता दिने जनाईएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत जिल्ला कृषि विकास कार्यालयले नौ करोड ३३ लाख ४६ हजार आठ सय ६० रुपैयाँको चेकबाट प्रति क्विन्टल २५ रुपैयाका दरले किसानको व्यक्तिगत खातामा रकम जम्मा गरिएको सम्बद्ध बैकले जनाएको छ । नेपाल किसान महासंघका केन्द्रिय सदस्य राजकुमार उप्रेतीले उखु किसानको एनआईसी एसिया बैंक, मेघा बैक, प्रभु, बागमती डेभलपमेन्ट, सगुन सहकारी तथा द सहारा बैंकमा रहेको खातामा रुपैयाँ जम्मा गर्ने कार्यलाई बैंकले तिव्रता दिएको वताए । वरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीले ईन्दुशंक चिनी उद्योगले किसानको विवरण, वैक खाता नम्बर र वेचेको उखुको परिमाण लगायतका विवरण ईन्दुशकर चिनी उद्योगले उपलब्ध गराए लगत्तै किसानलाई दिईने अनुदानको रकम वितरणका लागि सिफारिस गरिएको वताए । उनले अन्नपूर्ण सुगर एण्ड केमिकल ईन्डस्ट्रिजले किसानको विवरण उपलब्ध गराउन आलटाल गरिरहेको जानकारी दिए । कौडेना गाविसका तेजनारायण रायले ईन्दुशंकर चिनी उधोगसम्वद्ध किसानले रकम भुक्तानी पाएपछि अन्नपूर्णसम्बद्ध किसानमा खैलावैला मच्चिएको वताए । गतवर्ष ईन्दुशंकर चिनी उद्योग, हरिवनले ३७ लाख ३३ हजार ८ सय ७६ क्विन्टल उखु क्रसिङ गरिएको रेकर्ड जिल्ला कृषि विकास कार्यालयलाई बुझाएको छ । उखु क्रसिङ गरेको आधारमा जिल्ला कृषि विकास कार्यालयले कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत नौ करोड ३३ लाख ४६ हजार आठ सय ६० रुपैयाँ भुक्तानीका लागि बैंकलाई पठाएको छ ।

Sugar-Cane

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*