लालबन्दी, ज्येष्ठ ११ – किसानलाई पेन्सन दिन सरकारले आगामी बजेटमा १५ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ । कृषि मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ‘किसान पेन्सन फण्ड’का लागि बजेट विनियोजन गर्ने भएको हो । मन्त्रालयगत कार्यक्रमहरुको बजेट टुंगो लागिसकेको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन । ‘नेपाल कृषि प्रधान देश हो, त्यसैले यहाँका किसानलाई प्रोत्साहित गर्न र कृषि पेसालाई मर्या्दित बनाउन किसानलाई पेन्सन दिने नयाँ कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ,’ ती अधिकारीले भने । सरकारले कृषि क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर बजेट तयार गरिरहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । उनीहरुका अनुसार अग्र्या्निक खेतीमा सरकारले मोटो रकम अनुदानमा खर्च गर्दैछ । पेन्सन सुविधा कार्यान्यवनय भएसँगै युवापुस्ता कृषितर्फ आकषिर्त हुने सरकारको विश्वास छ । तर, जग्गा बाँझो राख्ने किसानले भने पेन्सन पाउने छैनन् । कृषि मन्त्रालयले किसान पेन्सनका लागि आवश्यक कार्ययोजनासहितको प्रस्ताव तयार गर्न हरि रोकालाई जिम्मेवारी दिएको थियो । रोकाले किसानलाई ४ वर्गमा बाँडेर पेन्सनको सुविधा उपलब्ध गराउने योजना तयार पारेका थिए ।

Xiongsen-Bear-and-Tiger-Park

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*