लालबन्दी, ज्येष्ठ १२ – धर्मपुत्री बनाएर पालेको बालिकालाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–३ असमिलिछापका एक जना पक्राउ परेका छन् । ४ वर्षकी बालिकालाई बाबुले चकलेट खान दिएर पटक पटक बलात्कार गर्ने गरेको बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । आमाको उजुरीको आधारमा प्रहरीले आरोपितलाई पक्रेको हो । यसैबिच छोरी बिक्री गर्न दलालसँग मिलेर भारत लैजान लागेको भन्दै खानीखोला प्रहरीले दुई जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । पक्राउ परेका बाबुले झापाका एक पुरुषसँग मिलेर छोरी बेच्न लगेको प्रहरीले जनाएको छ । नौबिसे गाविसको सिक्रेखोलाबाट पीडितका बाबु र दमक नगरपालिका–११ बस्ने प्रकाशकुमार आचार्यलाई प्रहरीले पक्राउ गरि मानवबेचविखनविरुद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पीडित युवतीलाई बाबुले काठमाडौबाट भारत हुँदै कुबेत लैजानका लागि बस चढेर जाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेका जनाएको छ ।
download

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*