लालबन्दी, ज्येष्ठ १३ – नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र मजदुरहरूले गरेको चक्काजामका कारण आज सर्लाहि लगायत देशभर सार्वजनिक सवारी साधन चलेका छैनन । ट्राफिक जरिवाना वृद्धिको विषयलाई लिएर यातायात व्यवसायी मजदुरले देशव्यापी चक्काचाम गरेको छ जसका कारण सर्लाहिका लालबन्दि, हरिवन, मलंगवा लगाएत का ठाउँहरुमा गाडि नचलेको र सर्बसाधारण समस्यामा परेका बताइएको छ । सरकारले पनि त्यही अनुरूप सूचना फैलाएको भन्दै व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यसप्रति आपत्ति व्यक्त गरेका छन् । ‘हामी व्यवसायी तथा मजदुरहरूले ट्राफिक जरिवाना वृद्धिको विषयमा आन्दोलन गरेका होइनौं’, उनले भने, ‘जरिवाना गरे वापत ट्राफिक प्रहरीलाई दिने भनेको १५ प्रतिशत कमिसनको विरुद्ध हो ।’ सरकारले तोकेको जरिवाना तिर्न हामी व्यवसायी र मजदुर तयार रहेको उनले बताए । तर हामीले तिरेको जरिवाना कमिसनको भरमा ट्राफिकलाई दिने निर्णय खारेज हुनपर्ने उनको तर्क छ । उनले भने ‘समग्र ट्राफिक व्यवस्थापनको विषयमा हाम्रो आन्दोलन जारी छ।’ व्यवसायी तथा मजदुरहरुले आइएलओ १९३ नम्बरमा उल्लेख भएको चालक सेवा सुविधा र पुर्वधार विकासको लागि आन्दोलन गरेको सिटौलाले स्पष्ट पारे ।

yatayat-1

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*