लालबन्दी, जेष्ठ १८ – पुलगाउँमा रहेको सेनाको सबै भन्दा ठूलो सेन्ट्रल एम्युनिशन डिपोमा भएको बिस्फोटमा परि सेनाका दुई उच्च अधिकारी र १५ जवान गरी १७ जनाको ज्यान गएको हो । बिस्फोटपछि आगलागी हुँदा धेरै क्षति भएको समाचार संस्था पिटिआईले जनाएको छ । घटनामा सेनाका दुई उच्च अधिकारी र १७ जना जवान घाइते भएका छन् । सेनाको हातहतियार तथा गोलबारुद राखिने गरेको डिपोमा बिस्फोट भएको हो । सोमबार राति दुई बजे बिस्फोटको आवाज सुनिएको थियो । प्रहरीले पुलगाउँ वरपरका चार गाउँका मानिसलाई सुरक्षित स्थानमा सारेको छ । डिपोमा भएको बिस्फोट बारे छानबिन गर्न समिति बनाइएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*