लालबन्दी, ज्येष्ठ १३ – फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरी दुई जना युवालाई पक्राउ गरेको छ । गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगर स्थित घरमा एक्लै रहेकी उनी आज बिहान घर भित्रै मृत अवस्थामा फेला परेकी थिइन् । हिजो कामका लागि बुटवल गएर आज बिहान घर फर्कदा घरमा छोरी मृत भेटिएपछि विमलकी आमाले आफन्त र प्रहरीलाई खबर गर्नुभएको थियो । मनिषा मृत भेटिएको खाटमा रगतको दाग भेटिएको प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले जानकारी दिनुभयो । टेवुलमा खुट्टा र आधा शरीर खाटमा रहेको अवस्थामा मनिषाको शव भेटिएको प्रहरीले जनाएको छ । हिजो बेलुका ८र९ बजे तिर घटना भएको हुन सक्ने प्रहरी उपरीक्षक चौधरीले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई हिरातमा राखेर प्रहरीले अनुसन्धान थालेको छ । बेलुकासम्ममा घटना बारे स्पष्ट हुने प्रहरी उपरिक्षक चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पोष्ट मार्टमका लागि अस्पतालमा शव ल्याएका छौं । आत्महत्या हो कि कर्तव्य हो ? चाँडै पत्ता लाग्छ ।’ प्रहरीले पक्राउ परेकासँग सोधपुछ गरिरहेको प्रहरी उपरिक्षक चौधरीले बताउनुभयो । मनिषाको शव फेला परेपछि उनका आफन्त र साथी शोकमा परेका छन् । मनिषा न्यूलाइफ उच्च मावि बर्दघाटबाट कक्षा ११ को परिक्षा दिएर बसेकी थिइन । मनिषाका दाई फुटबलर विमल भने अहिले बेल्जियममा छन् । उनी गएको वैशाख २९ गते बेल्जियम गएका हुन् ।
yatayat-1

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*