लालबन्दी, जेष्ठ १८ – राजधानी डकारमा रहेको अफ्रिकी संघ समर्थित एक अदालतले पूर्व राष्ट्रपति हाब्रेलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ । हाब्रे सन् १९८२ देखि १९९० सम्म चाडको राष्ट्रपति थिए । पूर्व राष्ट्रपति हाब्रे बलात्कार, यौन शोषण तथा हजारौं मानिसको हत्या आरोपमा दोषी पाइएको न्यायाधीशले बताएका छन् । हाब्रेले आफ्नो ८ वर्षे शासनकालमा ४० हजार मानिसको हत्या गराएको अरोप छ । न्यायाधीशले हाब्रे विरुद्ध जन्मकैदको फैसला सुनाएपछि अदालतमा उपस्थित मानिसले खुसीयाली मनाएका थिए । यो फैसलाले विश्वभर तानाशाहको अवस्था यस्तै हुन्छ भन्ने सन्देश गएको पीडितको पक्षबाट वकालत गरेकी वकिल ज्याकलिन माउदेनियाले बताउनुभयो । हाब्रेको शासनकालमा मारिएका व्यक्तिका परिवारले अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । हाब्रेले भने मुद्दाको सुनवाई अवधिभर अदालतको वैधतामा प्रश्न गर्दै आफूमाथि लागेका सबै आरोप झुठ्ठो भएका बताउँदै आएका थिए ।
हाब्रेले आफ्नो शासनकालमा अमेरिकाको समर्थन पाएका थिए । हाब्रेलाई अदालतको फैसला विरुद्ध अपिल गर्न १५ दिनको समय दिइएको छ ।

123

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*