लालबन्दी, असार ११ – राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्मले दैनिक रुपमा गर्ने खानपानको परीक्षण हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक खानपानको परीक्षण व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको जानकारी कृषिमन्त्री हरिबोल गजुरेलले हिजो राजधानीमा खाद्य महोत्सव उद्घाटनका अवसरमा दिएका हुन् । मन्त्री गजुरेलले राम्रो कामको सुरुवात मुलुककै राष्ट्रप्रमुखबाट गर्दा कार्यान्वयन पक्ष बलियो हुने तर्क गर्दै खानपानमा सुधार ल्याउन र स्थानीय पोषिलो खाद्यपदार्थ उपभोगमा प्रोत्साहन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको बिहान र रातिको खानामा पदार्थ परीक्षण गरिने जानकारी दिए । ‘उहाँहरूको दैनिक प्रयोग गर्दै आउनुभएको खाद्यपदार्थ पोषिलो, स्वास्थ्यवद्र्धक र सन्तुलित छ वा छैन भनेर परीक्षण गर्ने व्यवस्था ल्याएका छौं,’ उनले भने ।
13535873_159483651132486_600084111_n

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*