लालबन्दी, असार ११ – युरोपियन युनियन इयुका नेताले बेलायतलाई जति सक्दो चाँडो इयु छोड्न आग्रह गरेका छन् । जनमत संग्रहमा इयु छोड्ने पक्षले जितेपछि अब बेलातय इयुको सदस्य नरहने भएको छ । जनमत संग्रहको नतिजा आएसँगै क्षेत्रीय आर्थिक तथा अरु कुरामा असर परेको भन्दै इयुका नेताले चाँडो भन्दा चाँडो इयु छाड्न बेलायतसँग आग्रह गरेका हुन् । बेलायतले इयुबाट अलगिन समय लगाए त्यसले अस्थिरता बढाउने उनीहरुको भनाई छ । विश्वका धेरै स्टक मार्केटको कारोबार घटेकाले थप अस्थिरता आउन नदिनका लागि चाँडो भन्दा चाँडो बेलायतले इयु छोड्नु पर्ने इयु कमिसन प्रमुख जन्करले बताउनुभयो । इयुका २७ देशका नेता बिच बेलायतले बाहिरिने पक्षमा गरेको मतदान पछिको अवस्थाका बारेमा छलफल गर्न बुधबार बैठक बस्दैछन् । इयुमा रहने पक्षमा रहनु भएका बेलयती प्रधानमन्त्री डेविड क्यामरुनले आउँदो अक्टोबरमा पद छोड्ने घोषणा पनि गर्नुभएको छ ।
13535873_159483651132486_600084111_n

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*