लालबन्दी, असार १२ – बेलायत युरोपियन युनियन इयुको सदस्य कायमै रहने नरहने विषयमा फेरि जनमतसंग्रह हुनुपर्ने माग गर्दै २५ लाख मानिसले हस्ताक्षर गरेका छन् ।

फेरि जनमतसंग्रह हुनुपर्ने माग गर्ने अगुवाले कुल मतदातको ७५ प्रतिशतभन्दा कमले मात्र मतदान गरेको अवस्थामा ५२ प्रतिशतले इयुबाट बाहिरिने पक्षमा मत परेपनि यो वास्तविक बहुमत नभएको भन्दै फेरि जनमतसंग्रहको माग गर्दै तयार पारेको प्रतिवेदनको समर्थनमा हस्ताक्षर संकलन भएको हो । बेलायतमा यस्तो निवेदनमा केवल एक लाख मात्र समर्थन जुटेपनि संसदले मान्यता दिनुपर्ने र छलफल गर्नुपर्ने प्रावधान छ । गएको बिहीबार भएको जनमत संग्रहमा कुल मतदाताको ७२ दशमलव २ प्रतिशतले मतदान गरेका थिए । लण्डन, स्कटल्याण्ड र नर्दन आयरल्याण्डका मानिसले इयुको सदस्य कायम रहनु पर्ने पक्षमा मत दिएका थिए । प्रधानमन्त्री डेविड क्यामरुनले यसअघि नै दोस्रो पटक जनमतसंग्रह नहुने बताउनुभएको थियो । उहाँले शुक्रबार आउँदो अक्टोबरमा प्रधानमन्त्री पद छोड्ने बताइसक्नुभएको छ ।

– सहयोगमा 

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*