लालबन्दी, असार ११ – विश्व एन्टी डोपिङ एजेन्सी वाडाले ब्राजिलको रियो एन्टी डोपिङ प्रयोगशालालाई निलम्बित गरेको छ । रियो ओलम्पिक सुरु हुन ६ हप्ता मात्रै बाँकी हुँदा वाडाले रियोको एन्टी डोपिङ प्रयोगशालालाई निलम्बित गरेको हो । अन्तर्रा्ष्ट्रिय स्तरको नभएकाले प्रयोगशालामाथि प्रतिबन्ध लगाइएको वाडाले जनाएको छ । रियोको प्रयोगशाला वाडाले पछिल्लो महिना प्रतिबन्ध लगाएको छैटौं प्रयोगशाला हो । वाडाले मड्रिड, ब्लुमफोन्टेन, बेइजिङ र लिस्बोन प्रयोगशालालाई पनि वाडा सम्बन्धी गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । यस्तै मस्कोको प्रयोगशालालाई भने वाडाले गएको अप्रिलमा नै खारेज गरेको थियो । रियो प्रयोगशालाको प्रतिबन्ध गएको बुधबारदेखिका काममा लागु हुनेछ । प्रयोगशालाले वाडाको निर्णय विरुद्ध २१ दिन भित्र अपिल गर्न पाउने छ । अब रियोबाट नजिक पर्ने प्रयोगशाला कोलम्बियाको बोगोटामा छ ।

13535873_159483651132486_600084111_n

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*