लालबन्दी, असार ११ – राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति डा. रामवरण यादवको घरभाडा भुक्तानी गर्ने भएको छ । भाडा लिन आउन घरधनीलाई हिजो खबर गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिए । राष्ट्रपति कार्यालयले घरधनी रविभक्त विष्टलाई कर कट्टा गरी कात्तिकदेखि असारसम्मको घरभाडा १२ लाख ३९ हजार चार सय रुपैयाा भुक्तानी दिन लागेको हो । ‘चेक तयार भइसकेको छ, घरधनीलाई भाडा लिन बोलाएका छौं,’ सहायक प्रवक्ता आचार्यले भने, ‘सायद आइतबार आउनुहुन्छ होला ।’ भाडा नपाएकाले डा. यादवलाई घरबाट हटाइदिन आदेशको माग गर्दै विष्टले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका छन् ।
13535873_159483651132486_600084111_n

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*