लालबन्दी, असार ११ – उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा जाँदा उनले भने बमोजिम स्वागत सत्कार नगरेको भन्दै स्थानिय विकास अधिकारीको सरूवा गरिएको छ । उनलाई संघिय मामला तथा स्थानीय विकास मन्त्रालयमा जगेडामा रहने गरी सचिव स्तरीय निर्णयबाट सरूवा गरिएको जिल्ला विकास समिति स्रोतले बताएको छ । आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी भएको अवस्थामा भएको स्थानीय विकास अधिकारीको सरुवाले जिल्लाको विकास निर्माणको काम प्रभावित हुने भएको छ । असार ४ गते पार्टीको कामको सिलसिलामा मन्त्री थापा बझाङ गएका थिए । उनी जाँदा उनको स्वागतमा जिल्ला भरीबाट आएका नेता तथा कार्यकर्ताको बास र खानपानको व्यवस्था नगरेको भन्दै थापाले आफ्ना स्वकीय सचिव दामोदर वाग्ले मार्फत स्थानिय विकास अधिकारी आत्माराम सत्याललाई २४ घण्टा भित्र सरुवा गरिदिने धम्की दिएका थिए । सदरमुकाममा रहेको होटल केपी प्लाजामा बोलाएर थुप्रै नेता कार्यकर्ताको अगाडि आफूलाई दुव्र्यवहार गर्न थाले पछि सत्याल त्यहाँबाट केही नबोली फर्केको जिल्ला विकास समितिका एक कर्मचारीले बताए । उपप्रधान मन्त्रीले जिल्ला विकास समितिको निरिक्षण गर्दा सत्यालको कार्यशैली चित्त नबुझेकोले सचिवलाई उनको सरुवाको निर्देशन दिएको मन्त्री थापाका स्वकीय सचिव दामोदर वाग्लेले बताए । कर्मचारी सरुवा प्रक्रिया नियमित काम भएको भन्दै आफूहरुको स्वागत नगरेको निहुँमा कसैको सरुवा नगराएको उनको भनाई छ । आफूले एलडियोलाई कुनै धम्की र दुव्र्यवहार नगरेको भन्दै उनले भने, ‘कर्मचारीलाई स्वतन्त्र रुपमा काम गर्न दिने भन्ने उपप्रधानमन्त्री ज्यूको निर्देशन छ । हामीले धम्की दिने कुरै हुदैन । आफूहरुको स्वागत बझाङका जनताले गरेकोले कर्मचारीबाट स्वागतको अपेक्षा मन्त्रीले नगरेको उनले बताए । काठमाण्डौंबाट मन्त्रीको साथमा आएकाहरुको लागि आफूले सबै खाले व्यवस्था गरेको भए पनि मन्त्रीले भने जती कार्यकर्ताको व्यवस्थापन गर्न नसकेकोमा मन्त्री आफू सँग रुष्ट भएको र आफ्नो सरुवा गराएको हुन सक्ने स्थानीय विकास अधिकारी सत्यालको भनाइ छ ।

13535873_159483651132486_600084111_n

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*