Archive for July, 2016

आम माफीको घोषणा …

लालबन्दि, श्रावन १४ – सिरियाली राष्ट्रपति बसर अल असदले द्वन्द्वरत विद्रोहीप्रति लक्षितगरी बिहीबार आम माफीको घोषणा गरेका छन् । राष्ट्रपति असदले द्वन्द्वरत सशस्त्र विद्रोहीले यदि सरकारसमक्ष आत्मसमर्पण गर्न आएमा उनीहरुलाई आम माफी दिइने बताएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ । हतियार बोकेका तर न्यायका लागि सरकार समक्ष अनुरोध गर्ने सबै द्वन्द्वरत विद्रोहीलाई हतियार बिसाएर शान्तिपूर्ण जीवन बिताउन चाहेमा उनीहरुमाथि[Read More…]

चार जनालाई मृत्युदण्ड …

लालबन्दि, श्रावन १४ – इन्डोनेशियामा लागु औषधको तस्कर गरेको आरोपमा सजाय भोगिरहेका चार जनालाई मृत्युदण्ड दिइएको छ । इन्डोनेशियामा लागु औषधको तस्कारमा संलग्न भएको आरोपमा अरु १० जनाले पनि सजाय भोगिरहेका छन् । उनीहरुलाई पनि मृत्युदण्डको सजाय दिने वा नहुने भन्ने बारे खुलाइएको छैन । मृत्युदण्डको सजाय पाउनेमा एक इन्डोनेशियाका र तीन जना नाइजेरियाका नागरिक भएका अन्तर्रा्ष्ट्रिय सञ्चारर माध्यमले जनाएका छन्[Read More…]

सिरियाको जिहादी समूह कायदाको समूहबाट बाहिरियो …

लालबन्दि, श्रावन १४ – सिरियाको जिहादी समूह जबहात अल नुसरा अल कायदाको समूहबाट बाहिरिएको छ । यो संगठनलाई नुसरा फ्रन्टकोे नामले चिनिदै आएको थियो । संगठनका नेता अबु मोहम्मद ला जुलानीले छुटिएको आफ्नो संगठनको नाम जबहात फतेह अल शाम हुने बताएका छन् । यो संगठनलाई सिरियामा संघर्ष गर्ने इस्लामिक स्टेट संगठनको साथ हुने बताइएको छ । अलकायदाका दोस्रो नम्बरका नेता अहमद[Read More…]

सरकार परिवर्तन आन्तरिक मामिला : भारत …

लालबन्दि, श्रावन १४ – नेपालमा हुन लागेको सरकार परिवर्तनलाई आन्तरिक मामिला भन्दै भारतले यसमा कुनै प्रतिक्रिया नजनाउने बताएको छ । यसअघि चीनले पनि सरकार परिवर्तन नितान्त आन्तरिक मामिला भनेको थियो । भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने,‘नेपालको पछिल्लो राजनीतिक विकासलाई हामीले नितान्त अन्तारिक मामिलाका रुपमा लिएका छौं । त्यसैले यस विषयमा टिप्पणी गर्दिनँ ।’[Read More…]

मधेसी मोर्चा माओवादी गठबन्धनको सरकारमा सहभागी नहुने …

लालबन्दि, श्रावन १४ – मधेसी मोर्चासहितको संघीय गठबन्धनमा आबद्ध दलले कांग्रेस–माओवादी गठबन्धनको सरकारमा सहभागी नहुने प्रस्ट पारेका छन् । ११ बुँदे मागमा लिखित प्रतिबद्धता जनाएपछि मात्रै सरकारको समर्थन गर्ने मधेसी दलका नेताहरूको भनाइ छ। ‘कांग्रेस–माओवादी गठबन्धनको सरकारमा सहभागी हुने कुनै सम्भावना छैन,’ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले  भने, ‘अहिलेको सरकार मोर्चाका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मातजस्तै हो ।’ नयाँ[Read More…]

बाढी र पहिरोबाट मुलुकभर ७५ जनाको मृत्यु …

लालबन्दि, श्रावन १४ – गृह मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट हालसम्म मुलुकभर ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएको जनाएको छ । मन्त्रालयका अनुसार प्युठानमा ३६, गुल्मीमा सात, बागलुङमा छ, पाल्पा र रोल्पामा चार चार, मकवानपुरमा तीन, अर्घाखाँची, झापा र रूपन्देहीमा दुई दुई र काठमाडौँ, दोलखा, सर्लाही, पर्वत, उदयपुर, दाङ, कपिलवस्तु,[Read More…]

कोसी ब्यारेजलगायत देशका सबै महत्वपूर्ण संरचना, संस्थाको पर्याप्त सुरक्षा व्यवस्था गर्न नेपाल सरकार सक्षम …

लालबन्दि, श्रावन १४ – हिजो दिनभर तनावग्रस्त भएको सप्तरीको दशगजा क्षेत्र अहिले भने शान्त छ । भारतीय पक्षले एकलौटी रुपमा बनाएको बाँध त्यहाँका स्थानीयबासिन्दाले भत्काएपछि गए रातिसम्म झडप भएको थियो । झडपमा सातजना घाइते भएका छन् । उनीहरुको राजबिराजमा रहेको अञ्चल अस्पतालमा उपचार भइरहेको छ । नेपाल भारत सीमा दशगजा क्षेत्रमा भारतीय पक्षले जबर्जस्ती बनाएको बाँधले झण्डै एकदर्जन गाविस डुबानको जोखिममा[Read More…]

झण्डै ६ लाखलाई मोबाइलमा म्यासेज …

लालबन्दि, श्रावन १४ – बाढी पूर्वानुमान शाखाले बाढी जानसक्ने भएकाले सावधानी अपनाउन भन्दै गएको तीन दिनमा झण्डै ६ लाखलाई मोबाइलमा म्यासेज पठाएको छ । नदी जलाधारमा पानीको सतह बढेपछि तल्लो तटिय क्षेत्रमा बाढीको सम्भावना रहेको भन्दै सावधानी अपनाउन शाखाले झण्डै ६ लाख एनसेल प्रयोगकर्तालाई एसएमएस पठाएको शाखाका बाढी विज्ञ विनोद पराजुलीले बताउनुभयो । उहाँका अनुसार ११५५ नम्बरबाट नारायणी, कन्काई, पश्चिम राप्ती,[Read More…]

सर्लाहिमा कुल ७८ लाख ३५ हजार पाचँ सय ५३ रुपयाँ राजस्व संकलन …

लालबन्दि, श्रावन १४ – गत आर्थिक वर्ष २०७२/७३ मा घरेलु र वाणिज्य गरि सर्लाहिमा कुल ७८ लाख ३५ हजार पाचँ सय ५३ रुपयाँ राजस्व संकलन भएको छ । राजस्व कार्यालय मलंगवाका अनुसार गत आर्थिक बर्षमा सर्लाहीमा उधोग तर्फ फर्म दर्ता ३०२, नबिकरण ९९, पुजिबृद्धि १२, नामसारी ८, नगद कट्टा १६, बिवरण संसोधन१५ गरि २३ लाख ५४ हजार चार सय ७५ रुपैयाँ[Read More…]

बाढिले ल्याएको दाउरा झिक्न गएका जिम्बा बेपत्ता …

लालबन्दि, श्रावन १४ – बाढिले बगाएर ल्याएको दाउरा खोज्ने क्रममा सर्लाहीको बागमति खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । हिजो दिउँसो २ बजे कर्मैया स्थीत बागमति खोलामा बाढीले बगाएर ल्याएको दाउरा  खोज्दै गरेका कर्मैया ९ नयाँ बस्ती गोले टोलका ४५ वर्षिय धनबाहादुर जिम्बालाई खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता भएका जिम्बाको, शसस्त्र प्रहरी, बगामति सिचांई कार्यालयका कर्मचारी र स्थानियको[Read More…]