लालबन्दि, श्रावन १४ – बाढी पूर्वानुमान शाखाले बाढी जानसक्ने भएकाले सावधानी अपनाउन भन्दै गएको तीन दिनमा झण्डै ६ लाखलाई मोबाइलमा म्यासेज पठाएको छ ।

नदी जलाधारमा पानीको सतह बढेपछि तल्लो तटिय क्षेत्रमा बाढीको सम्भावना रहेको भन्दै सावधानी अपनाउन शाखाले झण्डै ६ लाख एनसेल प्रयोगकर्तालाई एसएमएस पठाएको शाखाका बाढी विज्ञ विनोद पराजुलीले बताउनुभयो । उहाँका अनुसार ११५५ नम्बरबाट नारायणी, कन्काई, पश्चिम राप्ती, बागमती, बबई र भेरी नदीको बाढीले क्षति गर्न सक्ने ठाउँका एनसेल प्रयोगकर्तालाई एसएमएस पठाइएको हो ।

जसअनुसार नारायणीमा पानीको सतहले चेतावनी र खतराको तह पार गरेपछि चितवन र नवलपरासीका एक लाख २० हजार जनालाई तीन पल्ट गरेर तीन लाख ६० हजार म्यासेज पठाइएको थियो । यस्तै कन्काई आसपास झापामा मात्रै चार पल्टमा एक लाख चार हजारलाई, पश्चिम राप्ती आसपासमा तीन पटकमा ५१ हजारलाई, बागमतीले क्षति गर्न सक्ने ४६ हजारलाई, बबई आसपासका २५ हजार र भेरी आसपासका ६ हजारलाई बाढीको सम्भावना बढेको भन्दै उच्च सतर्कता अपनाउन शाखाले मोबाइलमा म्यासेज पठाएको थियो ।

पराजुलीका अनुसार नदीमा पानीको सतहले चेतावनीको तह पार गर्ने सम्भावना बढेपछि मात्र प्रभाव पार्ने ठाउँकालाई एसएमएस पठाइएको हो । कुन नदीले कता असर गर्छ र कतिबेला त्यो बाढी गाउँमा पस्छ भन्ने अध्ययन गरेपछि मात्र एसएमएस पठाइएको उहाँको भनाई छ ।

बाढीको पूर्व सूचना दिने शाखाले खतरा हटेपछि एसएमएस मार्फत नै त्यसको पनि जानकारी दिएको उहाँले बताउनुभयो ।।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*