लालबन्दि, श्रावन १४ – नेपालमा हुन लागेको सरकार परिवर्तनलाई आन्तरिक मामिला भन्दै भारतले यसमा कुनै प्रतिक्रिया नजनाउने बताएको छ ।

यसअघि चीनले पनि सरकार परिवर्तन नितान्त आन्तरिक मामिला भनेको थियो । भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने,‘नेपालको पछिल्लो राजनीतिक विकासलाई हामीले नितान्त अन्तारिक मामिलाका रुपमा लिएका छौं । त्यसैले यस विषयमा टिप्पणी गर्दिनँ ।’ नेपालमा बाढी र पहिरोका कारण मानिसको मृत्यु भएकोप्रति भारतले दुःख व्यक्त गरेको छ ।

दुई देशको सीमा नजिकै बाढी आइरहेका कारण आफूहरुलाई पनि समस्या आइपरेको प्रवक्ता स्वरुपले बताए ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*