लालबन्दि, श्रावन १४ – सिरियाको जिहादी समूह जबहात अल नुसरा अल कायदाको समूहबाट बाहिरिएको छ । यो संगठनलाई नुसरा फ्रन्टकोे नामले चिनिदै आएको थियो ।

संगठनका नेता अबु मोहम्मद ला जुलानीले छुटिएको आफ्नो संगठनको नाम जबहात फतेह अल शाम हुने बताएका छन् । यो संगठनलाई सिरियामा संघर्ष गर्ने इस्लामिक स्टेट संगठनको साथ हुने बताइएको छ । अलकायदाका दोस्रो नम्बरका नेता अहमद हसन अबुले नुसरा फ्रन्टको यस कदम प्रति समर्थन जनाएका छन् ।

गएको आइतबार अबुले भनेका थिए ‘नुसरा फ्रन्टको नेतृत्वको निर्देशन दिएका छन् कि सिरियमाा इस्लाम तथा मुसलमानको हितको संरक्षण गर्नु ।’ उनीहरुले गर्दै आएको आपराधिक गतिविधि प्रति रुस तथा अमेरिकाले कारबाही गर्दै आएका छन् । गएको हप्ता मात्र अमेरिकी विदेश मन्त्री जोन केरी तथा रुसी विदेश मन्त्री सर्गेई लावरोवले भनेका छन्  ‘इस्लामिक स्टेट तथा नुसरा फ्रन्ट विरुद्ध हाम्रो कारबाही निरन्तर हुन्छ ।’

सिरियामा सन् २०१२ मा गृह युद्ध सुरु हुँदा नुसरा फ्रन्टले इन्टरनेटमा आफ्ना उपस्थितबारे भिडियो सार्वजनिक गरेको थियो । नुसरामा अहिले १० हजारसम्म लडाकुहरु भएको अनुमान गरिएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*