Archive for July, 2016

ओलम्पिक २०१६ का पदकको अवमूल्यन भएको पुटिनको भनाइ …

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका खेलाडीलाई प्रतिबन्ध लगाएकाले रियो ओलम्पिक २०१६ का पदकको अवमूल्यन भएको बताउनुभएको छ । अहिलेसम्म एक सय ८ जना रुसी खेलाडीमाथि आउँदो अगस्टमा ब्राजिलमा हुने रियो ओलम्पिकमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ । ६८ वटा एथ्लेटिक्स टिम मध्ये ६७ वटाले प्रतिबन्धको सामना गरेका छन् । राष्ट्रपति पुटिनले अभियान स्वरुपनै आफ्नो देशका खेलाडीलाई मात्रै[Read More…]

टर्कीमा १३१ सञ्चार माध्यममाथी प्रतिबन्ध …

लालबन्दि, श्रावण १३ –  टर्की सरकारले विभिन्न सञ्चार माध्यममा प्रतिबन्ध लागाएको छ । दुई हप्ता अघि भएको असफल सैनिक कुको प्रयासमा साथ दिएको आरोपमा टर्की सरकारले समाचार संस्था, टेलिभिजन, दैनिक पत्रपत्रिका, म्यागजिन तथा प्रकाशक गरी एक सय ३१ वटा सञ्चार माध्यम बन्द गराएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको जुलाइ १५ मा भएको कुमा संलग्न भएको आरोपमा तीन वटा[Read More…]

नयाँ सरकार पनि जम्बो …

लालबन्दि, श्रावण १३ –  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारको आकार पनि जम्बो हुने भएको छ । पार्टी्भित्रबाट मन्त्रिपरिषद्को आकार सानो बनाउन नेतृत्वलाई दबाब परे पनि गठबन्धनका अन्य दलका साथै पार्टी्भित्रैको गुट व्यवस्थापन गर्नुपर्ने भएकाले नयाँ सरकारको पनि आकार जम्बो हुने भएको हो । हाल अहिलेको सरकारको जति नै नयाँ बन्ने प्रचण्ड नेतृत्वको सरकारमा उती नै मन्त्री[Read More…]

नेपालको विमानस्थलमा सुरक्षा सतर्कता …

नेपालको विमानस्थलमा सुरक्षा सतर्कता …

लालबन्दि, श्रावण १३ –  विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ । सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो । विमानस्थल सुरक्षालाई बलियो बनाउन विशेष कार्यदलबाट प्लाटुन झिकाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले बताए ।[Read More…]

छुट्टै उपभोक्ता अदालतको स्थापना गर्नुपर्नेमा जोड

लालबन्दि, श्रावण १३ –  प्रभावकारी बजार अनुगमन हुन नसक्दा उपभोक्ताले गुणस्तरहीन वस्तुको प्रयोग गर्नुपर्ने बाध्यता भएको सरोकारवालाले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र उपभोक्ता हित संरक्षण मञ्च नेपालले संयुक्त आयोजनामा काठमाडौंमा बुधबार भएको कार्यक्रममा उपभोक्ता अधिकारलाई ध्यानमा राखेर बजार अनुगमन हुन नसक्दा उपभोक्ता गुणस्तरहीन वस्तु प्रयोग गर्न बाध्य भएको सरोकारवालाले बताएका हुन् । मञ्चका अध्यक्ष ज्योति बानियाँले बजार[Read More…]

ने.बि संघ ११ औँ महाधिवेशनको तयारीमा …

ने.बि संघ ११ औँ महाधिवेशनको तयारीमा …

लालबन्दि, श्रावण १३ –  पटक पटक रोकिएको महाधिबेशन समयमै सक्ने गरि ने.बि संघ आफ्नो ११ औँ महाधिवेशनको तयारीमा छ । बिभिन्न जिल्लाहरुबाट केन्द्रिय कमिटीमा निर्वा्चित हुने आकान्छीहरुले देश दौडाहा गरिरहेका छन् । नेपालका पश्चिमी जिल्लाको भ्रमण सकेर  फर्केका सर्लाही जिल्ला सभापति विश्वमित्र रिजालले आज आफ्नो एक अनौपचारिक भेटघाटमा आफुले प्रदेश नम्बर २ को समग्रतामा प्रतिनिधित्व गर्दै उपाध्यक्ष मा उमेद्वारी घोषणा[Read More…]

बरहथवामा एक चिरान मेलबाट एक सय क्युफीट काठ बरामद …

बरहथवामा एक चिरान मेलबाट एक सय क्युफीट काठ बरामद …

लालबन्दि, श्रावण १३ –  बरहथवामा अवैधरुपमा संचालन भईरहेको एक चिरान मेलबाट एक सय क्युफीट काठ बरामद गरिएको छ । सर्लाहिको बरहथवा नगरपालिका ७ का बिजय यादबले संचालन गरेको अवैध चिरान मीलबाट सालका काठ बरामद गरिएको हो । यादवले अबैधरुपमा चिरान मील संचलन गरिरहेको सुचना पाएर हिजो दिउँसो सेक्टर बन कार्यालय मुत्र्तियाका कर्मचारी र शसस्त्र प्रहरीको सुन्दरपुर चौहरर्वा बेस क्याम्पबाट खटिएको[Read More…]

महिला राष्ट्रिय च्याम्पियनसीपको उपाधि एपीएफ लाई …

महिला राष्ट्रिय च्याम्पियनसीपको उपाधि एपीएफ लाई …

महिला राष्ट्रिय च्याम्पियनसीपको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । हिजो त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल भिडन्तमा एपीएफले पूर्वाञ्चललाई १० रनले पराजित गरेको हो । उपाधिसँगै उसले एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता पूर्वाञ्चलले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । े खेल वर्षाका कारण १० ओभरमा छोट्याइएको थियो । प्रतियोगितामा सब्नम राई उत्कृष्ट फिल्डर, उत्कृष्ट[Read More…]

रुस का ३७ खेलाडीमाथि प्रतिबन्ध …

लालबन्दि, श्रावण १२ – प्रतिबन्धित शक्तिवर्धक औषधि (डोपिङ) को आरोपमा अहिलेसम्म ३७ जना रुसी खेलाडीमाथि रियो ओलम्पिकमा खेल्न नपाउने गरी प्रतिबन्ध लागेको छ । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि आइओसीले सम्बन्धित खेलको प्रशासकीय निकायले रुसी खेलाडीले ओलम्पिकमा खेल्न पाउने नपाउने निर्णय गर्ने अधिकार दिएपछि विभिन्न खेलका अन्तर्रा्ष्ट्रिय निकायले रुसी खेलाडीमाथि प्रतिबन्ध लगाएका छन् । विभिन्न खेलका प्रशासकीय निकायले विश्व एन्टी डोपिङ एजेन्सी वाडाको[Read More…]

फ्रान्समा पादरीको हत्या …

फ्रान्समा पादरीको हत्या …

लालबन्दि, श्रावण १२ – फ्रान्समा दुई जना आक्रमणकारीले पादरीको हत्या गरेका छन् । उत्तरी फ्रान्सको एक चर्चमा पसेका दुई जना आक्रमणकारीले पादरी ज्याक ह्यामलको हत्या गरेको समाचार संस्था एएफपीले जनाएको छ । आक्रमणकारीले अन्य चार जना मानिसलाई पनि बन्धक बनाएका थिए । तर प्रहरीले चर्चलाई घेराबन्दी गरी उनीहरुलाई छुटाएको थियो । दुवै आक्रमणकारी प्रहरीको कारबाहीको क्रममा मारिएका छन् । दुवै आक्रमणकारीले[Read More…]