Archive for July, 2016

‘चीनको रेलबाट भारत त्रसित …

लालबन्दि, श्रावण १२ – चिनियाँ कुटनीतिक मामिलाका एक विज्ञले नेपालमा ओली नेतृत्वको सरकार परिवर्तनमा भारतको भूमिका रहेको बताएका छन् ।   इन्स्टिच्युट फर साङ्घाई म्युनिसिपल सेन्टर फर इन्टरनेशनल स्टडिजका निर्देशक वाङ् देहुवाले ओलीको राजीनामा आउनुमा भारतको भूमिका रहेको उल्लेख गरे । ‘प्रधानमन्त्री ओलीको राजीनामा आउनुका पछाडी भारतको हात देखिन्छ किनकी ओलीले मार्चमा सम्पन्न चीन भ्रमणमा चीनसँग महत्वपूर्ण सम्झौता गरेका थिए ।[Read More…]

आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा …

लालबन्दि, श्रावण १२ – आगामी सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा परेको छ । पार्टीबाट मन्त्री चयनका लागि हुने गरेका अनौपचारिक छलफलमा आफू पक्षधरलाई महत्वपूर्ण मन्त्रालयसहित मन्त्री बनाउने होडबाजी चलेपछि अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व नगर्दै संकटमा परेका छन् । अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारमा सहभागी तीनजना मन्त्रीलाई दोर्होयाएर अन्य नयाँ अनुहारसहितको मन्त्रिमण्डल बनाउने तयारी[Read More…]

अरु दलसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई …

लालबन्दि, श्रावण १२ – राष्ट्रिय सहमतिको सरकार गठन हुने सम्भावना नभएपछि कांग्रेस र माओवादी बहुमतीय सरकार गठनको गृहकार्यमा जुटेका छन् । सहमतीय सरकार गठनको लागि राष्ट्रपतिले दिएको समयसीमाभित्र मन्त्रालय भागबण्डाको टुंगो लगाउनेगरी उनीहरु गृहकार्यमा जुटेका हुन् । मन्त्रालय भागबण्डाको टुंगो लगाउन कांग्रेसबाट बिमलेन्द्र निधि र माओवादीबाट कृष्णबहादुर महराले जिम्मेवारी पाउनुभएको छ । कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने सहमति भएपनि[Read More…]

पत्नीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ …

लालबन्दि, श्रावण १२ – पत्नीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विना सहमति जबर्जस्ती यौनसम्पर्क गरेको आरोपमा सप्तरीको कुशहा–७ का २५ वर्षीय मो. हजरत मियाँ पक्राउ परेका हुन् । जबर्जस्ती करणी गरेको आरोप लगाउँदै पीडित पक्षले आफ्नै पतिविरुद्ध प्रहरीमा उजुरी दिएपछि मियाँ मंगलबार पक्राउ परेका हुन् । आरोपित मियाँलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराइ जबर्जस्ती करणी[Read More…]

१०० नम्बरमा फोन आग्रह …

लालबन्दि, श्रावण १२ – बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत नपुगेको भए प्रहरीलाई खबर गर्न सरकारले आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार देशका जुनसुकै ठाउँबाट १०० नम्बरमा फोन गर्दा प्रहरी तत्काल घटनास्थल पुग्छन् । तत्काल उद्धारको आवश्यकता छ भन्ने जानकारी पाउनासाथ प्रहरी खटिनेगरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । उद्धार तथा राहतको लागि सम्बन्धित प्रमुख जिल्ला[Read More…]

वर्षा अझै केही दिन जारी रहने …

लालबन्दि, श्रावण १२ – देशैभरी भइरहेको वर्षा अझै केही दिन जारी रहने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सक्रिय बनाउने न्यूनचापीय क्षेत्र नेपाल नजिक भएका कारण आज र भोली पनि देशैभर वर्षा हुने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको छ । नेपालमा वर्षा गराउन बंगालको खाडी र अरब सागर दुबैतिरबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ । भारी[Read More…]

लालबन्दि नगरको जब्दि पुर्ण खोपयुक्त गाबिस घोषित …

लालबन्दि, श्रावण १२ – लालबन्दी नगरपालिकाको वडा नम्वर १, २ र ३ पर्ने जब्दीलाई हिजो एक कार्यक्रमका बिच पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । संयुक्त वडा कार्यालय जब्दिकी सचिव ओमकुमारी खतिवडाको अध्यक्षता एवं जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख इन्द्रदेव यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मा जब्दीलाई पूर्ण खोप गाविस घोषणा गरिएको हो । जब्दीमा जन्मेदेखि २३ महिना सम्मका सबै बालबालिकाले[Read More…]

सुशासन समितिको बैठकमा लोकमान अनुपस्थित …

सुशासन समितिको बैठकमा लोकमान अनुपस्थित …

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की स्वास्थ्यको कारण देखाउँदै संसदको सुशासन समितिमा अनुपस्थित भएका छन् । समितिको बैठक अहिले सिहंहदरबारमा बसिरहेको छ । र, आज अतियारका प्रमुख कार्की सहित पदाधिकारीलाई बोलाइएको थियो । बैठकमा लोकमान सिंह कार्की भने अनुपस्थित भए । उनले समितिलाई पठाएको पत्रमा अघिल्लो बैठकमा आफू आउन तयार भए पनि वैठक स्थगित भएको र अहिले आफ्नो घाँटीमा संक्रमण[Read More…]

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा गम्भीर विवाद …

लालबन्दि, ११ श्रावण – अब बन्ने सरकारमा सहभागिताको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा गम्भीर विवाद देखिएको छ । मोर्चाका केही घटक नयाँ सरकारले मेधसी मोर्चाले उठाएका माग सम्बोधन गर्दै चित्त बुझाउने ठाउँ दिएमा सरकारमा जान सकिने बताउँदै आएका छन् भने केही नेता सरकारमा जानै नसकिने अडानमा छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारमा जाने सम्भावना नरहेको बताए । ‘हामी[Read More…]

संवैधानिक जटिलता यथावत नै …

लालबन्दि, ११ श्रावण – नयाँ सरकार गठनमा देखिएको संवैधानिक अड्चन तत्कालका लागि टरेपनि संक्रमणकालमा पटक पटक सरकार परिवर्तन भने संवैधानिक जटिलता यथावत नै रहने देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको भोलिपल्ट हिजो नयाँ सरकार गठनमा देखिएको संवैधानिक बाधा फुकाएर नयाँ सरकार गठनको आहृवानसमेत गरिसकेकी छन् । तर, राष्ट्रपति भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेर नयाँ सरकार[Read More…]