लालबन्दि, भाद्र १३ – महिला तथा बालबालिका कार्यालय सर्लाहीले हिजो एकै दिनमा नै एक सय ४ जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण गरेको छ ।nt306

सदरमुकाम मलंगवामा स्थीत जिल्ला बिकास समितीको कार्यलयमा एक कार्यक्रमका बिच सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले साठी वर्ष पुगेका एक सय ४ जना जेष्ठ नागरिकहरुलाई, जेष्ठ नागरिक परिचय पत्र बितरण गरेका हुन । सहायक प्रमुख जिल्ला अधीकारी खड्काले सदरमुकम मलंगवा नगरपालिका ९ नीवासी ९२ वर्षिय बुदिलाल श्रेष्ठलाई परिचय पत्र बीतरण गरि कार्यक्रमको उदघाटन गरेका थिए ।

जुनसुकै नगरपालिका वा गाबिसका ६० वर्ष पुगेका नागरीकले महिला तथा बालबालिका कार्यालय मलंगावामा गएर निवेदन दिर्ईएपछि जेष्ठ नागरिक परिचय पत्र प्राप्त गर्न पाउनेछन् । परिचय पत्र प्राप्त गर्न नागरिकता र ३ प्रति फोटो लिएर बृद्धबृद्धा आफैँ कार्यालयमा पुग्नु पर्ने छ । हिजोबाट परिचय पत्र बितरण कार्यको सुरुवात भएपनी प्रत्येक महिनाको १२ र २७ गते कार्यालयबाटै परिचय पत्र प्रदान गरिने कार्यालय प्रमुख सारदा बस्यालले बताएकी छन् ।

जेष्ठ नागरिक परिचय पत्र प्राप्त गरिसकेपछी बृद्ध बृदाहारुलाई स्थानीय स्तरबाट सरकारले उपल्बध  गराउने सेवा सुबिधा प्राप्त गर्न सजिलो हुने महिला तथा बालबालिका कार्यालय सर्लाहीले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*