लालबन्दि, भाद्र १२ – नेपाली संगीत क्षेत्रमा सुनौलो सपना बोकेर भित्रने नवकलाकारको संख्या ठूलो छ । यहि भिडमा २०७० सालमा औपचारिक रुपमा सङ्गित क्षेत्रमा भित्रिएका संगीतकर्मी हुन गायक सुर्य राई ‘कमल’ । ‘चिराग’ एल्वम सहित सांगीतिक क्षेत्रमा आएका उनलाई यो एल्वम’ले सोचे झैं सफलता त दिन सकेन तर, एल्वमकै कारण सांगीतिक क्षेत्रमा कमाएका साथीको साथले भने उनी निक्कै उत्साहित भएका छन् ।

1499492_1416556595266030_558278638_n

राई लगभग ३ बर्षको अन्तराल पछि पुनः दोस्रो एल्वम ‘च्याट’ लिएर श्रोतामाझ आएको पनि धेरै भैसक्यो र राम्रै प्रतिकृया पनि पाइरहेको बताउँछन् । गीतसंगीतका साथै समाजसेवामा पनि अगाडि देखिएका राई आफ्नो दोस्रो एल्वममा समावेश गीत सबै वर्गका स्रोतालाई लक्षित गरेर ल्याइएको बताउँछन् । एल्वमको बिक्रीबाट उठेको रकम उनले अनाथ बालबालिकाको निम्ती खर्च गर्ने बताएका छन् । साधारण किसान परिवारमा जन्मिएका राई आफूले देशका लागि केहि गर्नु पर्छ भन्ने सोच पहिलादेखि नै राख्थे । तर, परिवारको चाहाना छोराले विदेश गएर पैसा कमाओस् भन्ने थियो । यहि परिवार र आफ्नो अमिल्दो सोचका कारण परिवारमा मनमुटावकै सिर्जना उत्पन्न भएको थियो । त्यहि मनमुटावलाई बोकेर उनी गायक बन्ने सपना सहित राजधानी छिरेका थिए ।
काठमाण्डौँ को ब्यस्त सडकमा भौतारिँदै अन्यौलका बीच केहि समयपछि ट्याक्सी चालक बनेका उनी राजधानीका सडकमा कति मान्छेको गन्तव्यको सहारा बने थाहा छैन्, तर ट्याक्सी चलाउन थालेको केहि समयपछि उनले आफैले ट्याक्सी किने । त्यसपछि संगीत सिक्न थाले । १० वर्ष संगीत सिकेपछि उनले पहिलो एल्वम सार्वजनिक गरे ‘चिराग’।

13912803_1734378650150488_576861267565720074_n

त्यसपछि उनले आफ्नो गुजाराको बाटो ट्याक्सी बेचिदिए र ५ वटा गीतको म्यूजिक भिडियो निर्माण गरे । त्यसपछि फेरि अहिले उनले ‘च्याट’ नामक एल्वम बजारमा ल्याएका छन् । उनको यो एल्वम भित्रको ‘च्याटिङमा आऊ राती….’ बोलको गित अहिले चर्चामा छ । यहि चर्चासंगै चलचित्र नकावमा पनि यो गित समावेश भएको छ ।

गाएक राई, राई दनुवार समुदायको गीत गाउने पहिलो गाएक पनि हुन । नेपालको अधिकांस जिल्लाहरुमा छरिएर बसेको अति नै सोझो जाती राई दनुवार, जसमा अहिले आएर आफु दनुवार हो भन्न लजाउनेको सङ्ख्या बढ्दो छ । यसैलाई मध्यनजर गर्दै गायक सुर्य राई (कमल) ले आफ्नो दोस्रो एल्बम  ‘च्याट’मा राई दनुवार भाषाको गीत गाएर राई दनुवार को हौसला मात्र होइन, यिनी यो समुदाएका  पहिलो गायक नै बनेका छन । जसको भिडियो पनि बनिसकेको छ, जुन युट्युब मार्फत हेर्न सकिने छ ।

प्रशान राई को शब्द, राई का गुरु राम कार्की को सङ्गित तथा गाएक राई को स्वरमा सार्वजनिक भएको म्युजिक भि13891947_1733458440242509_951915303109018049_nडियो मा यशराज, अस्मिता, ईश्वर, शुष्मा, कविता लगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन तथा छयाँकन रोशन कुमारले गरेका छन् ।

पछील्लो समय नेपाली गीत सङ्गितमा बिक्रिती भित्रिरहेको सन्दर्भमा, बिकृतिलाई रोक्नुपर्छ र मौलिकतालाई भित्र्याउनु पर्छ भन्ने गरेका राइ को यो गीतलाई राई दनुवार सेवा समाजले पनि गीतमा कुनै बिक्रितजन्य शब्दहरु नरहेको भन्दै बजारमा ल्याउन अनुमती प्रदान गरिसकेको छ ।

नेपाल चार जात छत्तिस वर्णको फुलबारी भएको ले सबै जातिको, सबै धर्मको, संस्कार र संस्कृतिको संरक्षण र संबर्धन गर्नुपर्ने भन्दै राई हामीले नगरे कस्ले गर्छ र अहिले नगरे कहिले गर्ने भन्दै सबै ले आ आफ्नो ठाउँ बाट संस्क्रिती बचाउन लागि पर्नुपर्ने बताउँछन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*