लालबन्दि, भाद्र १० – नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । १७ जना घाइते भएका छन् भने एक जना हराइरहेका छन् ।

1472134574khemraj-gurung

गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चितवनको चन्डीभन्ज्याङ गाविस कालीखोलाबाट झण्डै सय मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिनुभयो ।

muglin-accident-3

प्रहरीका अनुसार बसमा ३८ जना यात्रु चढेको हुन सक्ने आशंका गरिए पनि यकिन हुन सकेको छैन । अहिले उद्दार तथा खोजीको काम भैरहेको प्रहरीले जनाएको छ ।

khemrajgurungaalutama1nj9

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंका अनुसार बिहान पौने ५ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको अवस्थामा बस देखिएको थियो । त्यसपछि प्रहरी उद्दारमा खटिएका थिए ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*