लालबन्दि, भाद्र १० – लालबन्दिको डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा हिजो अन्तिम दिन सम्ममा करिब ३७ लाख नगद रकम संकलन भएको छ ।

सर्लाहिको लालबन्दि स्थित डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको सप्ताह ज्ञान महायज्ञमा हिजो अन्तिम दिनको कार्यक्रम सम्पन्न हुँदा सम्ममा सो रकम संकलन भएको हो । नवनिर्मित राधाकृष्णको मन्दिरमा प्राणप्रतिष्ठा एवम् धर्मशाला निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा हिजो अन्तिम दिनको कार्यक्रममा अहिले सम्मकै बढि रकम हरिकृष्ण घिमिरेले प्रदान गर्नुभएको छ । उहाँले नगद रु २ लाख ५० हजार प्रदान गर्नुभएको हो ।

यसैगरि पुर्व मन्त्रि लक्ष्मण घिमिरेले १लाख ३ हजार १०५, माधव खरेल ले ३१ हजार, पहेन्द्र महत्तो ले ४१ हजार, गंगादेवि काफ्ले ले रु ३१ हजार र लक्ष्मि गोलेले १५ हजार ११५ प्रदान गर्नुभएको छ ।

14067625_1741792419421399_8976402359714621987_n

भाद्र २ गत्ते सांसद शम्भुलाल श्रेष्ठलबाट भई संचालन भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आज अन्तिम दिन सम्माननिय राष्ट्रपति श्रीमति बिद्यादेबि भण्डारिको हातबाट मन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा गरिने छ । यसको लागी राष्ट्रपति आज ११ बजे लालबन्दि आउने कार्यक्रम रहेको छ ।

उहाँ नेपाली सेनाको हेलीकप्टर मार्फत लालबन्दि ५ को खेलमैदानमा उत्रिने मन्दिर व्यबस्थापन समितिका अध्यक्ष माधव सुवेधिले जानकारि दिनुभएको छ ।

Vidya-Bhandari-after-being-elected-to-President

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*