लालबन्दि, भाद्र ०९ – नेपाल बिधुत्त प्राधिकरण बितरण केन्द्र मलंगवा साखाले हिजो ६० जना भन्दा बढि ग्राहकको बिजुली लाईन काटेको छ ।

electric

प्रधिकरण ले एक साताको अवधिमा बषौ देखि बिधुत्त महसुल नबुझाउने ६० जना भन्दा बढि ग्राहकको लाइन काटेको हो । सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका फुलपरासी, बलरा, अचलगढ, गेडैता, बरहथवा लगाएतका क्षेत्रका महसुल नवुझाउने उपभोक्ताको लाईन काटीएको नेपाल बिधुत प्राधिकरण केन्द्रका प्रमुख बिष्णुप्रसाद यादवले जानकारि दिएका छन् । उनका अनुुसार, महसुल नवुझाउने उपभोक्ताको लाइन काट्न अहिले जिल्ला भरिनै कर्मचारीहरु परिचालन गरिएको छ ।

प्राधिकरणको मलंगवा बितरण केन्द्रमा मात्रै २८ करोड भन्दा वढि बिद्युत बक्यौता उठ्न बाकीँ रहेको छ । त्यस मध्ये एक करोड १८ लाख रुपैयाँ सडक वत्तीको मात्रै बक्यौता उठ्न बाँकी रहेको प्राधिकरण प्रमुख यादवले बताएका छन् । बिधुक्त महसुल नबुझाउनेहरुमा सरकारी कार्यालय, सर्वसाधारण, बिभीन्न उधोग र अस्पतालहरु रहेका छन् ।

बिद्युत महसुल नवुझाउनेमा ५० हजार देखी २ लाख रुपयाँँ भन्दा बढिका ग्राहक रहेको नेपाल बिधुत्त प्राधिकरण मलंगवा साखाले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*