Archive for August, 2016

लालबन्दिमा आयोजना भईरहेको महायज्ञमा हिजो चौथो दिनसम्ममा भयो करिब १३ लाख नगद संकलन

लालबन्दिमा आयोजना भईरहेको महायज्ञमा हिजो चौथो दिनसम्ममा भयो करिब १३ लाख नगद संकलन

लालबन्दि, भाद्र ०७ – लालबन्दिको डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा हिजो चौथो दिनको कार्यक्रम यतिखेरसम्म चलिरहँदा सम्ममा करिब १३ लाख नगद रकम संकलन भएको छ । सर्लाहिको लालबन्दि स्थित डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको सप्ताह ज्ञान महायज्ञमा हिजो चौथो दिनको कार्यक्रम सम्पन्न हुँदा सम्ममा सो रकम संकलन भएको हो । नवनिर्मित राधाकृष्णको मन्दिरमा प्राणप्रतिष्ठा एवम् धर्मशाला[Read More…]

पदक विजेताले भने–म देश फर्किएमा मेरो ज्यानलाई खतरा …

पदक विजेताले भने–म देश फर्किएमा मेरो ज्यानलाई खतरा …

लालबन्दि, भाद्र ०६ – रियो ओलम्पिकमा म्याराथनमा रजत पदक जितेका इथियोपियाका धावक फेयिसा लिलेसाले आफ्नो देशको सरकार विरुद्ध प्रदर्शन गरे । आइतबार बेलुका म्याराथन दौड पूरा गरेपछि लिसेसाले आफ्नो हातलाई विशेष मुद्रामा मोडेर इथियोपिया सरकारप्रति आफ्नो विरोध जनाए । उनले आफ्नो हात उसै गरी मोडे, जसरी ओरोमो समुदायका मानिस सरकारको विरोध जनाउँदा मोड्छन् । लिलेसा पनि ओरोमो समुदायका हुन् । ओरोमो[Read More…]

पौडी खेल्न गएका बालकको नदीमा डुबेर मृत्यु …

लालबन्दि, भाद्र ०६ – रुपन्देहीको तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गएको छ । प्रहरीका अनुसार बुटवल–१३ देबिनगरका ११ वर्षका आशिस गिरीको तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो । गिरीले न्यु होइराइजन स्कुलमा कक्षा ५ मा पढ्थे । साथीहरुसँग पौडी खेल्न तिनाउमा गएका गिरीको डुबेर ज्यान गएको हो । It’s only fair to share…

फेसबुक स्टाटसमा प्रचण्डको बचाऊ गरेको एक नेपाली कतार सरकारद्वारा निष्काशित हुँदै

लालबन्दि, भाद्र ०६ – कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट अर्थात देश निकाला गर्ने तयारी गरेको छ । देश निकालाको लागि कतार सरकारले लामिछानेलाई  पक्राउ गरिसकेको छ । उनलाई घरफिर्ती केन्द्र डिपोर्टटेशन सेन्टरमा राखिएको छ । अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्रा्ष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरी उपर छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न[Read More…]

महिला मौरी पालन सहकारी संस्था को एक करोड ५६ लाख ४ हजार ८५ रुपयाँ आम्दानी

लालबन्दि, भाद्र ०६ – सर्लाही को नेत्रगन्ज ७ नवलपुर मा रहेको महिला मौरी पालन सहकारी संस्था को नवौँ बार्सिक साधारणसभा सम्पन्न भएको छ । सस्था कि अध्यक्ष पशुपती भण्डारी को अध्यक्षता एवम कृषि बिकाश कार्यालय सर्लाही मलङ्वाका बरिस्ठ कृषि बिकाश अधिकृत युगल किशोर तिवारी को प्रमुख आतिथ्यतामा हिजो साधरण सभा सम्पन्न भएको हो । यसैगरि प्रगतिसील महिला सञ्जालकी अध्यक्ष अर्चना झाको[Read More…]

लालबन्दिमा आयोजना भईरहेको महायज्ञमा हिजो तेश्रो दिनसम्ममा भयो करिब ९ लाख नगद संकलन

लालबन्दिमा आयोजना भईरहेको महायज्ञमा हिजो तेश्रो दिनसम्ममा भयो करिब ९ लाख नगद संकलन

लालबन्दि, भाद्र ०६ – लालबन्दिको डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा हिजो तेश्रो दिन सम्ममा करिब ९ लाख नगद रकम संकलन भएको छ । सर्लाहिको लालबन्दि स्थित डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको सप्ताह ज्ञान महायज्ञमा हिजो तेस्रो दिनको कार्यक्रममा सम्पन्न हुँदा सम्ममा सो रकम संकलन भएको हो । नवनिर्मित राधाकृष्णको मन्दिरमा प्राणप्रतिष्ठा एवम् धर्मशाला निर्माण गर्ने उद्देश्यले[Read More…]

सर्लाहीमा धानबालीमा ब्लास्ट रोगको प्रकोप …

सर्लाहीमा धानबालीमा ब्लास्ट रोगको प्रकोप …

लालबन्दि, भाद्र ०५ –  अन्नको भण्डार मानिने मध्य तराईको सर्लाहीमा धानबालीमा ब्लास्ट रोगको प्रकोप फैलिन थालेको छ । गाँजिएर गाढा हरियो देखिनुपर्ने धान दुई सातादेखि वर्षा नहुँदा अहिले पहेँलिएर ब्लास्ट रोगको प्रकोप फैलिन थालेपछि त्यहाँका किसान चिन्तित भएका छन् । मोतीपुर गाविसका किसान खेत रायले तीन बिगाहा क्षेत्रफलमा लगाएको धान खेतमा पानी अभावका कारण बिरुवा पहेँलिएर ब्लास्ट रोगको प्रकोप फैलिन[Read More…]

लालबन्दिमा भदौ १० गत्तेसम्म चल्ने महायज्ञमा हिजो दाश्रो दिनसम्ममा भयो करिब ६ लाख नगद संकलन

लालबन्दिमा भदौ १० गत्तेसम्म चल्ने महायज्ञमा हिजो दाश्रो दिनसम्ममा भयो करिब ६ लाख नगद संकलन

लालबन्दि, भाद्र ०५ –  लालबन्दिको डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ मा हिजो बेलसका सम्ममा करिब ६ लाख नगद रकम संकलन भएको छ । सर्लाकिो लालबन्दि स्थित डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको सप्ताह ज्ञान महायज्ञमा हिजो दाश्रो दिनको कार्यक्रम सकिँदा सम्ममा सो संकलन भएको हो । नवनिर्मित राधाकृष्णको मन्दिरमा प्राणप्रतिष्ठा एवम् धर्मशाला निर्माण गर्ने उद्देश्यले आयोजना[Read More…]

धान सुक्न थालेपछि सर्लाहीका किसानहरु चिन्तीत …

धान सुक्न थालेपछि सर्लाहीका किसानहरु चिन्तीत …

लालबन्दि, भाद्र ०४ – खडेरीले धान सुक्न थालेपछि सर्लाहीका किसानहरु चिन्तीत हुन थालेका छन् । यस वर्ष पोहोर परारको भन्दा धेरै धान रोपीएको तराइमा अहिले रोपो सुक्न थालेको छ । यतिबेला धान हरियो भई गाज हाल्ने बेला भएपनी पानी नपर्दा सुकेर मर्न थालेका किसानहरुको गुनासो छ । एक साता देखी पानी पर्न छाडेपछि धान पहेलो भईसकेको उनीहरु बताउछन् । बागमति सींचाई[Read More…]

लालबन्दिमा १० गत्ते सम्म चल्ने महायज्ञको सांशद शम्भुलाल श्रेष्ठले गरे उद्घाटन

लालबन्दिमा १० गत्ते सम्म चल्ने महायज्ञको सांशद शम्भुलाल श्रेष्ठले गरे उद्घाटन

लालबन्दि, भाद्र ०३ – लालबन्दिमा हिजोबाट धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ आरम्भ भएको छ । सर्लाहिको लालबन्दि स्थित डुमडुमे मन्दिर परिशरमा निर्माण गरिएको राधाकृष्ण मन्दिरमा मूर्ति स्थापना तथा धर्मशाला निर्माण गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको हो । हिजो एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । महायज्ञ मुल आयोजक समितिका अध्यक्ष बासुदेव आधिकारिको सभापतित्वमा भएको उद्घाटन कार्यक्रम मा सर्लाही क्षेत्र नम्बर १[Read More…]