लालबन्दि, असोज ११ – सर्च इन्जिन गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदैछ । कम्पनीले आफ्नो जन्मदिनको अवसरमा डुडल पनि बनाएको छ ।

जसमा गुगलको जीले बेलुन फुकेर अरु अल्फाबेट बनाएको छ भने बेलुनसँगै गुगल पनि आकाशमा उडेको छ । गुगलले सेप्टेम्बर २७ तारिखलाई आफ्नो जन्मदिन भनेपनि अरु ६ वटा दिनमा पनि गुगलले आफ्नो जन्मदिन मनाएको छ ।

गुगल डट कम डोमेन दर्ता भएको मितिलाई मान्ने हो भने गएको सेप्टेम्बर १५ तारिखमा गुगल १९ वर्ष पुगेको छ । गुगलले यसअघि सेप्टेम्बर ७, ८, २६ र २७ तारिखलाई पनि आफ्नो जन्मदिनको रुपमा मनाएको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*