लालबन्दि, असोज १२ – लालबन्दिमा रहेको बाल संरक्षण संस्थाले सर्लाहिको बेला मनहर्वा उमाबि का २५ जना छात्र, छात्राहरुलाई हिजो मङ्गलबार छात्रबृत्ति बितरण गरेको छ ।

14519803_326352024386415_122206268197764662_n

सर्लाहिको बेला गाबिस अन्र्गतको मनहर्वा उच्च माध्यमिक बिद्यालयका २५ जना छात्रछात्रालाई छात्रबृत्ति अन्तर्गत कापि, कलम, पेन्सिल, ब्याग तथा बिद्यालय पोसाक र पोसाक सिलाई खर्च स्वरुप रु ५०० पनि प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रम मा बिश्व शिक्षा अन्तर्गत युवा परिचालन परियोजनाका कार्यक्रम संयोजक किशोर शर्मा, जिल्ला कार्यक्रम संयोजक शुरेस रेग्मि, श्रोत व्यक्ति कमलेश कर्ण लगाएत बिद्यालयका प्रधानाध्यापक एवम् बाल संरक्षण संस्था लालबन्दिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बिद्यालयका बिद्यार्थि तथा अभिभावकको प्रत्यक्ष संलग्नतामा भएको कार्यक्रम मा बाल  संरक्षण संस्थाकि सचिब मुना उपाध्यायले छात्रबृत्ति प्रदान गर्नुभएको हो ।

14440763_326351307719820_4765690422873407741_n

बाल संरक्षण संस्थाले बिश्व शिक्षा बाट संचालीत कार्यक्रम अन्तर्गत बिद्यालय पहुँच भन्दा बाहिर रहेका बालबालीकालाई लक्षित गरि कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*