लालबन्दि, असोज १० – अमेरिकी गल्फ खेलाडी आर्नोल्ड पाल्मरको निधन भएको छ । विश्व खेलकुदको इतिहासमा महान खेलाडीका रुपमा लिइने पाल्मरको ८७ वर्षको उमेरमा निधन भएको हो ।

उनको अमेरिकाको पेन्लिसभेनियामा रहेको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अमेरिकी गल्फ एसोसिएसनले गल्फका महान दूतको निधन भएको भन्दै पाल्मरको निधनको पुष्टि गरेको छ ।

आफ्नो लामो खेल जीवनको क्रममा पाल्मरले विश्वव्यापी रुपमा ९० भन्दा धेरै प्रतियोगिता जितेका छन् । पाल्मरले आफ्नो खेल कौशलबाट गल्फलाई नयाँ उचाइमा पुर्‍याएका थिए । उनका विश्वभर उनका लागि मरिहत्ते गर्ने फ्यान छन् ।

पाल्मरको जन्म सन् १९२९ मा पेन्सिलभेनियामा भएको थियो । पाल्मर सन् १९५० को दशक र १९६० को दशकको सुरुमा विश्वमा आफ्नो राज गर्न सफल थिए ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*