लालबन्दि, असोज १२ – शिभशक्ति बचत तथा ऋण सहकारि संस्थाको चौधौ बार्षिक साधारण सभा हिजो हरिपुरमा सम्पन्न भएको छ । बि.सं. २०५९ सालदेखि सक्रिय सहकारि संस्थाको साधारणसभा हिजो ग्रामिण नारि उत्थान संघ हरिपुरको प्राङ्गणमा भएको हो ।

संस्थाका अध्यक्ष पुरुषोत्तम प्रशाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम मा डिभिजन सहकारि कार्यालयका प्रमुख बिकाश रायको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि बिशिष्ट अतिथिमा जिल्ला बचत संघ सर्लाहिका अध्यक्ष बाबुराम घिमिरे तथा अतिथिहरुमा महिला तथा बालबालीका कार्यालयकी अधिकृत रञ्जु रेग्मि, रेडक्रस उपशाखा प्रतिनिधि एबम् निबर्तमान गाबिस सचिब जनार्दन चालीसे, उमाबि हरिपुरका प्रधानाध्यापक अमृत लामा, ईलाका प्रहरि कार्यालय हरिपुरका सई कृष्ण बहादुर श्रेष्ठ, माईक्रो फाईनान्स प्रतिनिधि अमरेश कुमार कुशवाह लगाएत रहनुभएको थियो ।

साधारण सभामा ज्येष्ठ शेयर सदष्य सम्मान तथा शेयर सदष्यका जेहेन्दार छोराछोरि सम्मान स्वरुप रितिक कुमार दाश, काजल कुमारि शाह र नाजिया खातुनलाई जनहि रु १००० प्रदान गरिएको कार्यक्रम संचालक मनोज बख्रेल ले जानकारि दिनुभएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*