लालबन्दि, असोज १० – अहिले देश भरका अस्थायी शिक्षकहरुले आफुहरुलाई स्थायी बनाउनु पर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् । यसैक्रममा सर्लाहीका अस्थायी शिक्षकहरुले पनी स्थायी बनाईनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

1

अहिले सरकारले स्थायी शिक्षक हरुलाई गोल्डेन ह्यान्सेक मार्फत घर फिर्ती अथवा प्रतियोगीत्मक परिक्षामा जानुपर्ने नियम बनाएको छ । तर अस्थायी शिक्षकहरु सरकारको यो निर्णय संग सहमत छैनन् । अस्थायी शिक्षकहरुको सेवाको आधारमा सरकारले सिधै स्थाई गर्नुपर्ने माग राख्दै आएका शिक्षकहरुलाई हालै शिक्षा बिभागले फर्म भर्नु पर्ने सुचना दिएपछि सर्लाहीका अस्थायी शिक्षकहरुले आज सदरमुकाम मलंगवा स्थीत जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन् ।

शिक्षा बिभागले गरेको निर्णय संविधान बिपरित भएकाले नियम मान्य नहुने भन्दै धर्ना दिईएको जनज्योति उच्च माबिका सीक्षक ललीन्द्र चौधरीले जानकारि दिएका छन् ।।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*