Archive for October, 2016

पाकिस्तान बदला लिँदै …

पाकिस्तान बदला लिँदै …

लालबन्दि, कार्तिक १२ – भारतले दिल्ली स्थित पाकिस्तानी उच्चायोगका एककर्मचारीलाई भारत बिरुद्ध जासुसी गरेको आरोपमा ४८ घण्टाभित्र भारत छाड्न आदेश दिएको बदलामा पाकिस्तानले पनि इस्लामाबादस्थित भारतीय उच्चायोगमा कार्यरत एक भारतीय कुटनीतिज्ञलाई पनि देश छाड्न आदेश दिएको दि टाइम्स अफ इन्डियाले बताएको छ । पाकिस्तान सरकारले भारतीय उच्चायोगका कर्मचारी सुरजीत सिंहलाई देश छाड्न आदेश दिएको छ । सुरजीत सिंहलाई परिवारसमेत २९ अक्टुबरसम्ममा[Read More…]

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव रद्द गर्नुपर्ने बताए

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव रद्द गर्नुपर्ने बताए

अमेरिकी राष्ट्रपतिका रपब्लिकनतर्फका उमेद्वार डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव रद्द गर्नुपर्ने बताएका छन् । ड्रम्फले सुझाव दिँदै भनेका छन् यो चुनाव रद्द गर्नुपर्छ, हिलारी क्लिन्टनका पक्षमा लगातार प्रचारबाजी भएकाले पनि चुनाव रद्द गर्नुपर्ने बताएका छन् । उनले भनेका छन् ११ दिनअघि हाम्रो पार्टी रिपब्लिकन भोट माग्न जाँदा प्रहरीले दमन गर्नुका साथै हाम्रो ¥यालीमाथि पनि  आक्रमण गरेको समाचार इन्डेपेन्डेन्टले छापेको छ ।[Read More…]

देउवा १९ कात्तिकदेखि ६ दिने भारत भ्रमणमा जाँदै

लालबन्दि, कार्तिक १२ – कांग्रेस सभापति शेरबहादुर देउवा १९ कात्तिकदेखि ६ दिने भारत भ्रमणमा जाँदै छन् । त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । गोवामा हुने एक सेमिनारमा सहभागव् भएपछि देउवा दिल्ली पुग्नेछन्। सभापति देउवालाई निम्तो दिने इन्डिया फाउन्डेसन मोदीकै दल भारतीय जनता पार्टीको थिंक ट्यांक हो । It’s only fair to share…

सरकारले भारत र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने

लालबन्दि, कार्तिक १२ – सरकारले भारत र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकीय भ्रमणमा आउने दिन १७ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका समयमा पनि एक दिन राष्ट्रिय बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं[Read More…]

नेपाल बिधुक्त प्राधिकरणले सर्लाहीमा हुकीङ घटाउने अभियान तिव्र …

लालबन्दि, कार्तिक १२ – नेपाल बिधुक्त प्राधिकरणले सर्लाहीमा हुकीङ घटाउने अभियान तिव्र बनाएको छ । प्रधिकरणले मीटर नराखी बिजुली बत्ती बाल्ने तथा अन्य बिधुत्त उपकरण संचालन गर्ने हरुलाई कारबाही गदै हुकीङ घटाउने अभियान जारी राखेको छ । प्राधिकरणको लालबन्दी र मलंगवा केन्द्रले केही दिन अघि देखी नै बिधुत्त हुकीङ धेरै हुने गाबिसहरुमा निगरानी तिव्र पारेको नेपाल बिधुत प्रधिकरण मलंगवा बितरण केन्द[Read More…]

बिपि चिन्तन प्रतिष्ठानले आज लालबन्दिमा बृहत भेलाको आयोजना गर्दै …

लालबन्दि, कार्तिक १२ – बिपि चिन्तन प्रतिस्ठान सर्लाहीले आज लालबन्दीमा बृहक्त भेलाको आयोजना गर्दै छ । भेलालाई नेपाली कंग्रेसका महामन्त्री शसांक कोइराला र नेपाली कंग्रेसकी कोषाध्यक्ष एवंम सान्ती मन्त्री सितादेबि यादबले सम्बोधन गर्ने बताईएको छ । आज बिहान ११ बजे लालबन्दी नगरपालिका ५ स्थीत गोल्डेन फ्युचर एकेडेमीको प्राङगणमा हुने बृहत्त भेलामा सर्लाही सहित छीमेकी जिल्लाहरुबाट कंग्रेसका सांसद, महासमीती सदस्य, महाअधिबेशन प्रतिनिधि,[Read More…]

आज तिहारको पहिलो दिन काग तिहार …

आज तिहारको पहिलो दिन काग तिहार …

लालबन्दि, कार्तिक १२ – नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ ।[Read More…]

प्रा.डा. गोविन्द केसीले दसैँ अवधिभर आफ्नो अनशन स्थगीत गरे …

लालबन्दि, असोज २२ – चिकित्सा शिक्षामा सुधार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोग लगाउनुपर्ने माग राखी त्रिवि शिक्षण अस्पतालमा अनशनरत प्रा.डा. गोविन्द केसीले दसैँ अवधिभर आफ्नो अनशन स्थगन गर्नुभएको छ । अनशनरत अवस्थामा हिजो डा. केसीले पत्रकार सम्मेलन गरी दसैँ अवधिभर आफ्नो अनशन स्थगित भएको घोषणा गर्नुभएको हो । विभिन्न माग राख्दै यही असोज १० गतेदेखि प्रा.डा. केसीले नवौं आमरण[Read More…]

निसाद उत्थान केन्द्रको गाउँ समिति चयन …

लालबन्दि, असोज २२ – सर्लाहीको भवानीपुर गाविसमा हिजो निसाद उत्थान केन्द्रको गाउँ समिति चयन गरिएको छ । स्थानीय निसाद जातिको भेलाले जमिरी मुखिया निसाद अध्यक्ष रहने गरी ११ सदस्यीय गाउँ समिति चयन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा प्रभु मुखिया निसाद, सचिवमा दशरथ मुखिया निसाद, कोषाध्यक्षमा श्यामकिशोर सहनी निसाद लगायत अन्य सदस्य चयन गरेको छ । भेलाले काशीदेवी निसाद अध्यक्ष रहेको[Read More…]

विपी चिन्तन प्रतिष्ठानको क्षेत्रीय कार्य समिति चयन …

लालबन्दि, असोज २२ – सर्लाहीको क्षेत्र नम्वर ५ मा विपी चिन्तन प्रतिष्ठानको क्षेत्रीय कार्य समिति चयन गरिएको छ । कौडेना बजारमा भएको भेलाले अबध साह सभापति रहेको ९ सदस्यीय क्षेत्रीय कार्य समिति चयन गरेको हो । भेलामा नेपाली काँगे्रसका सांसद रामचन्द्र चौधरी, पूर्व जिल्ला सभापति लक्ष्मण राय, जिल्ला सचिव नवीन अधिकारी, विपी चिन्तन प्रतिष्ठान सर्लाहीका सभापति घनश्याम ढुंगेल लगायतको उपस्थिति रहेको थियो[Read More…]