लालबन्दि, असोज २२ – सर्लाहीको भवानीपुर गाविसमा हिजो निसाद उत्थान केन्द्रको गाउँ समिति चयन गरिएको छ । स्थानीय निसाद जातिको भेलाले जमिरी मुखिया निसाद अध्यक्ष रहने गरी ११ सदस्यीय गाउँ समिति चयन गरेको हो ।

भेलाले समितिको उपाध्यक्षमा प्रभु मुखिया निसाद, सचिवमा दशरथ मुखिया निसाद, कोषाध्यक्षमा श्यामकिशोर सहनी निसाद लगायत अन्य सदस्य चयन गरेको छ । भेलाले काशीदेवी निसाद अध्यक्ष रहेको निसाद उत्थान केन्द्रको भवानीपुर महिला मञ्च समेत चयन गरेको छ ।

निसाद उत्थान केन्द्रका केन्द्रिय महासचिव ध्रुवलाल प्रसाद निसादको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्ला अध्यक्ष दसैं सहनी, सल्लाहकार भरोसी सहनी लगायतले मन्तव्य राख्नुभएको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*