लालबन्दि, कार्तिक १२ – नेपाल बिधुक्त प्राधिकरणले सर्लाहीमा हुकीङ घटाउने अभियान तिव्र बनाएको छ । प्रधिकरणले मीटर नराखी बिजुली बत्ती बाल्ने तथा अन्य बिधुत्त उपकरण संचालन गर्ने हरुलाई कारबाही गदै हुकीङ घटाउने अभियान जारी राखेको छ ।

प्राधिकरणको लालबन्दी र मलंगवा केन्द्रले केही दिन अघि देखी नै बिधुत्त हुकीङ धेरै हुने गाबिसहरुमा निगरानी तिव्र पारेको नेपाल बिधुत प्रधिकरण मलंगवा बितरण केन्द ले जनाएको छ । अभियानका क्रममा बिना मीटर संचान गरिएको उपकरणहरु वरामद गरिएको तथा सम्बन्धीत व्यक्तीलाई समेत पक्राउ गरि जरिवान तथा कारबाही गरिएको हो ।

केन्द्रका अनुसार, गएको साउन देखी हाल सम्म मलंगवा बीतरण केन्द्र अन्र्तगत मात्रै बिधुत चोरि गरी बत्ति बाल्ने तथा मोटर, मेसिन जस्ता उपकरणहरु चलाउने हरुबाट करिब ५ लाख रुपयाँ जरिवाना  संकलन भएको छ भने सर्लाहीमा हाल सम्म ६० प्रतिशत बिधुत चोरि भईरहेको छ । यति धेरै बिधुत चहावाट हुने भएकाले सर्लाहीमा केन्द्रय प्रसारण लाइन भन्दा करिब २ घण्टा लोड्सेडिङ बढि हुनुका साथै भोल्टेज पनी नआउने समस्या खेप्दै आएका छन् ।

यसरी केन्द्रय प्रसारण लाइनको समयमा पनी कीन पटक पटक बती गईरन्छ भन्ने ढुकढुकीको प्रश्नमा प्रधीकरणले, जब सम्म बिधुत्त हुकीङ रोकीदैन तव सम्म भोल्टेज नआउने र बत्ति गइरहने समस्या देखा पर्ने प्रधीकरणको भनाई छ । यस बिधुत्त हुकीङ अभियानमा सवै जनाले साथ दिन नेपाल बिधुत्त प्राधिकरणले आग्रह गरेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*