लालबन्दि, कार्तिक १२ – भारतले दिल्ली स्थित पाकिस्तानी उच्चायोगका एककर्मचारीलाई भारत बिरुद्ध जासुसी गरेको आरोपमा ४८ घण्टाभित्र भारत छाड्न आदेश दिएको बदलामा पाकिस्तानले पनि इस्लामाबादस्थित भारतीय उच्चायोगमा कार्यरत एक भारतीय कुटनीतिज्ञलाई पनि देश छाड्न आदेश दिएको दि टाइम्स अफ इन्डियाले बताएको छ ।

tihar-festival-in-nepal-kaag-tihar

पाकिस्तान सरकारले भारतीय उच्चायोगका कर्मचारी सुरजीत सिंहलाई देश छाड्न आदेश दिएको छ । सुरजीत सिंहलाई परिवारसमेत २९ अक्टुबरसम्ममा पाकिस्तान छाड्न भनेको पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।

यसअघि महमुद अख्तर नाम गरेका पाकिस्तान उच्चायोगका एक कर्मचारी संवेदनशील दस्तावेजसहित पक्राउ गरेको भन्दै भारतले ४८ घण्टा भित्र भारत छाड्न आदेश दिएको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले अख्तरलाई सीमा सुरक्षा परिचालन गरिएको नक्सासहित दिल्ली पुलिसले पक्रिएको तर डिप्लोमेटिक इम्युनिटीका आधारमा छोडेका बताएका थिए ।

तर पाकिस्तानी उच्चायोग यस बिषयमा खण्डन गर्दै भारत सरकारको कडा विरोध जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*