लालबन्दि, असोज २२ – चिकित्सा शिक्षामा सुधार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोग लगाउनुपर्ने माग राखी त्रिवि शिक्षण अस्पतालमा अनशनरत प्रा.डा. गोविन्द केसीले दसैँ अवधिभर आफ्नो अनशन स्थगन गर्नुभएको छ ।

अनशनरत अवस्थामा हिजो डा. केसीले पत्रकार सम्मेलन गरी दसैँ अवधिभर आफ्नो अनशन स्थगित भएको घोषणा गर्नुभएको हो । विभिन्न माग राख्दै यही असोज १० गतेदेखि प्रा.डा. केसीले नवौं आमरण अनशन सुरु गर्नुभएको थियो ।।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*