लालबन्दि, कार्तिक १२ – सरकारले भारत र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकीय भ्रमणमा आउने दिन १७ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका समयमा पनि एक दिन राष्ट्रिय बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

यद्यपि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने–नहुने अझै अन्योल छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा दुई दिन सार्वजनिक बिदा दिइएको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*