Archive for October, 2016

पाँच दिने आमा कक्षा सहयोगी कार्यकर्ता तालिम सम्पन्न

लालबन्दि, असोज २२ – लालबन्दीमा हिजो पाँच दिने आमा कक्षा सहयोगी कार्यकर्ता तालिम सम्पन्न भएको छ । बाल संरक्षण संस्थाको आयोजना तथा विश्व शिक्षाको सहयोगमा नमस्ते होटल एण्ड गेष्ट हाउसमा सञ्चालित तालिमको हिजो समापन गरिएको हो । तालिममा ब्रम्हपुर, धनकौल पश्चिम, हरिपूर्वा, बसन्तपुर, खुटौना, कविलासी, नारायणपुर र धनकौल पूर्व गाविसबाट १६ जना सहयोगी कार्यकर्ता र संस्थाका ६ जना कर्मचारी सहभागी भएका[Read More…]

विविध चाडपर्व एउटै सद्भाव भन्ने नाराका साथ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

लालबन्दि, असोज २२ – नेकपा एमाले नगर कमिटीले हिजो सर्लाहीको हरिवनमा विविध चाडपर्व एउटै सद्भाव भन्ने नाराका साथ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका नगर कमिटी अध्यक्ष चुडामणि वाग्लेको अध्यक्षता एवं केन्द्रीय सदस्य लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा चर्तुर्भुजेश्वर महादेव मन्दिर सुखेपोखरीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका जिल्ला कमिटी अध्यक्ष रेवती पन्त, सचिव बेची लुंगेली, नेताहरु सुरेन्द्र[Read More…]

आज दशैको सातौ दिन अर्थात फुलपाती …

आज दशैको सातौ दिन अर्थात फुलपाती …

लालबन्दि, असोज २२ – हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याईँ मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत[Read More…]

मनकारी हेमन …

मनकारी हेमन …

लालबन्दि, असोज २१ – गायक ‘हेमन मोक्तान’ले आफ्नो गीति एल्बम ‘फर्माइस’ को बिक्री र च्यारेटीवाट उठेको रकम एचआइभी संक्रमित वालवालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको हातवाट गएको पुषमा एल्बम विमोचन गरेका गायक मोक्तानले नेता नेपालकै हातवाट ४ लाख १६ हजार ७५ रुपैंयाको चेक ‘बेबी लाइफ होम’लाई हस्तान्तरण गरेका छन् । जहाँ २३ जना एचआइभी संक्रमित[Read More…]

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् पर्व बिजयादशमी आजदेखि बिधिबत सुरु …

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् पर्व बिजयादशमी आजदेखि बिधिबत सुरु …

लालबन्दि, असोज १५ – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् पर्व बिजयादशमी आजदेखि बिधिबत सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज शक्तिपिठहरु कलश स्थापना गरी घटस्थापना गरिएको छ । बिगतका वर्षहरु झै यस वर्ष पनि गोर्खा सहित देश भरी हर्षोल्लासका साथ बिजयादशमीको पहिलो दिन आज घरघरमा तथा दुर्गा मन्दिरहरुमा कलश स्थापना गरेपछि दुर्गा पुजा ंअर्थात दर्शै शुरु भएको[Read More…]

नयाँरोड बरहथवा सडक मर्मत कार्य सुरु …

लालबन्दि, असोज १५ – सर्लाहीको नयाँरोड बरहथवा सडक मर्मत कार्य सुरु भएको छ । हुलाकी सडक आयोजना जनकपुरले सडकमा रहेको खाल्डा खुल्डी पुर्न सूरु गरेको हो । सडक जिर्ण हुदाँ सवारी साधन बिग्रने क्रम बढेको, दुर्घटनाको जोखिम समेत बढेको भन्दै असोज १० र ११ गते नयाँरोड बयलबास सडकखण्डमा यातयात व्यवसायीले सवारी चलाउन छाडेका थिए । त्यस पछि खाल्डा खुल्डी पुर्ने काम[Read More…]

हरिऔनमा एक महिलाको बिष सेवनबाट ज्यान गयो …

हरिऔनमा एक महिलाको बिष सेवनबाट ज्यान गयो …

लालबन्दि, असोज १५ – सर्लाहीको हरिऔनमा एक महिलाको बिष सेवनबाट ज्यान गएको छ । सुक्रबार साझँ ५ बजे हरिऔन नगरपालिका ५ स्थीत घुकौलिका भोगेन्द्र महतोकी श्रीमती ३२ वर्षिया पुनम कुमारी देबिको बिष सेवनबाट ज्यान गएको हो । सर्लाहीका एसपी उत्तमराज सुवेदीका अनुसार, भोगेन्द्र र पुनमको घरयासी बिषयमा पटक–पटक बिवाद हुने गरेको थियो । सुक्रबार भोगेन्द्र फुटवल खेल हेर्न गएको समयमा उनले[Read More…]