लालबन्दि, कार्तिक १८ – सर्लाहीको खुटौनामा आज एक भव्य कार्यक्रमका बिच एस एल सी परिक्षा२०७२ मा उत्कृष्ट अंक ल्याउने बिधार्थीहरुलाई सम्मान गरिएको छ ।

12246940_480252198822001_7829310290925682671_n

खुटौना गाबिस घर भई बिभीन्न ठाउँमा बसेर एस एल सी परिक्षामा उत्कृष्ट अंक हासील गरेका २२ जना बिधार्थीलाई सम्मान गरिएको हो । सैक्षीक उत्थान समीती खुटौनाको आयोजनामा भएको कार्यक्रममा प्रहरी प्रमुख एसपी उत्तम राज सुवेदीले जेहेन्दार बिधार्थीलाई सम्मान गरेका छन् ।

समीतीका संयोजक मुकेश कुमार चौरसीयाको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा सामुदायिक बिधालयबाट उत्कृष्ट अंक ल्याउने २ जना बीधार्थीलाई ५ हजार एक सय नगद सहित २० जना बिधर्थीलाई प्रमाण पत्र र शैक्षिक समाग्री प्रदान गरि सम्मान गरिएको हो । शैक्षिक उत्थान समीती खुटौनाले आगामी बर्ष बाट उत्कृष्ट बिधार्थीहरुलाई निरन्तर सम्मान गर्ने जनाएको छ ।

खुटौना गाबिसमा रहेको एक निजी बिधालयमा भएको कार्यक्रममा राजनैतिक दलका नेता,समाजसेबि,बुद्धिजिबि,सञ्चार कर्मी लगाएतको सहभागीता रहेको अखील नेपाल राष्ट्रीय बिधार्थी संगठनका राष्ट्रीय परिषद सदस्य सरोज बाबु न्यौपानेले जनाएका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*