लालबन्दि, कार्तिक २४ – सर्लाहीको घुर्कौलीका ५० वर्षीय मानबहादुर स्याङतानका हत्यारालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय हरिवनमा पत्रकार सम्मेलन गरी स्याङतानको हत्यामा संलग्न उनकी श्रीमति सहित पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको हो । सिद्धार्थ सामुदायिक वन घुर्कौलीमा हेरालुको काम गर्ने मान्के भनिने मानबहादुरको असोज २१ गते धारिलो हतियार प्रहार गरी घाँटी रेटेर हत्या भएको थियो ।

हत्या भएको दिन शरीर र त्यसको केही दिन पछि मृतक मानबहादुरको टाउको फेला परेको थियो । मानबहादुरको हत्या उनकै श्रीमति ५० वर्षीया मस्तीमाया स्याङतान सहित पाँच जना मिलेर गरेको खुलासा भएको हो ।

पत्रकार सम्मेलनमा सर्लाहीका प्रहरी प्रमुख एसपी उत्तमराज सुवेदीले मानबहादुरको हत्यामा उनकै श्रीमती मस्तीमाया सहित सोही ठाउँका ४७ वर्षीय श्यामा भन्ने डेमा दोर्जे, ३१ वर्षीय मोहनप्रसाद फुँयाल, ३७ वर्षीय बिक्रम भन्ने बिकुराम वाइवा र कालेबहादुर वाइवा संलग्न रहेको जानकारी दिनुभयो ।

५/६ वर्ष अघि मानबहादुरले कान्छी श्रीमती विवाह गरेपछि जेठी श्रीमती मस्तीमायासँग घर झगडा हुँने गरेको थियो । त्यही क्रममा घरायसी विवादमा मस्तीमायाले आफ्नै ज्वाइँ लगायतसँग मिलेर श्रीमानको हत्या गरेको खुलेको छ । पक्राउ परेका पाँचै जना विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाईएको एसपी सुवेदीले बताउनुभयो ।

आफूहरु गम्भीर अनुसन्धान पछि मानबहादुरको हत्यारा पक्राउ गर्न सफल भएको एसपी सुवेदीको भनाई छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*