लालबन्दि, कार्तिक १८ – छठ पर्वका लागी सर्लाहीका बिभीन्न स्थानमा रहेका खोला, नदी जलाशय सरसफाई गर्न सूरु गरिएको छ । जिल्लाको लालबन्दी,हरिऔन,नवलपुर, बरहथवा, मलंगवा,भेल्ही, भक्क्तीपुर,चन्द्रनगर,गोडैता,हथिउलमा लगाएत का खोला,जलाहय तथा नदिहरु छठ पुजाका लागी सरसफाई गर्न सूरु गरिएको हो ।

तराईबासीको मुख्य पर्व छठ कार्तिक २१ गते आइतबार धुमधाम सँग मनाउन लागीएको छ । मधेशी समुदायको बसोबास रहेको सर्लाहीको दक्षिणी क्षेत्रमा निकै हर्षौउल्लासका साथ मनाइने गरिएको छ । पछिल्लो समय मधेसी समुदाय सहित अन्य समुदायले पनि छठ पर्व मनाउन थालेका छन् । घर परिवार एवंम सन्तानकोे सुख सान्ती, एवंम बिभिन्ँन रोगबाट मुक्त्ती पाइने कामना र बिश्वासका साथ छठपर्व मनाइने गरिन्छ । छठपर्वमा निकै कठोर एवंम चोखोनितो गरि मनाइने गरिन्छ ।

पर्वका अवसरमा स्थानीय बजारहरुमा उपभोत्ताको घुइचो लागेको छ । बिशेष गरि उखु केरा, सख्खरको कारोवार निकै बढेको व्यापारीहरु बताउछन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*